ज्वाइँलाई ३७९ प्रकारका व्यञ्जनको सत्कार

ज्वाइँलाई ३७९ प्रकारका व्यञ्जनको सत्कार

पूर्वीय संस्कारमा ज्वाइँलाई निकै सम्मान गरिन्छ । ससुराली गएको ज्वाइँलाई (अझ नौलो ज्वाइँलाई) त सत्कारमा कुनै कमी राखिंदैन । ज्वाइँको खानपिनदेखि कपडालगायत हरेक कुराको बन्दोबस्ती निकै शानदार ढंगले गरिएको हुन्छ ।

तर कहिलेकाहीं ज्वाइँलाई गरिने सत्कारले सीमा नै नाघ्छ । हालै भारतमा एउटा भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ । जहाँ ससुराली गएका एक जना ज्वाइँलाई ३७९ प्रकारका व्यञ्जन टक्राइएको छ ।

समाचार अनुसार उक्त भिडियो भारतको आन्ध्रप्रदेशस्थित पश्चिम गोदावरी जिल्लामा रहेको नरसापुरमको हो । इन्स्टाग्राममा सेयर भएको उक्त भिडियोमा दिइएको जानकारी अनुसार छोरी र ज्वाइँको स्वागतमा परिवारको तर्फबाट कुल ३७९ प्रकारका परिकार तयार गरी टक्राइएको थियो । पछिल्लो १० दिन लगाएर ती परिकार तयार पारिएको थियो ।

Europass CV in Nepal

छोरीज्वाइँलाई पस्किएको भोजनमा ४० प्रकारको बास्नायुक्त भात, ४० प्रकारको तरकारी, २० प्रकारको रोटी अचार, १०० प्रकारका मिठाइहरु, १० प्रकारका जुसलगायत सफ्ट ड्रिंक्स तथा अन्य खानेकुरा सामेल थिए ।

उसो त उक्त गोदावरी जिल्लामा ज्वाइँको सत्कारमा कैयौंथरी व्यञ्जनको भोजन गराउने परम्परा नै छ । इन्स्टाग्राममा सेयर गरिएको भिडियोमा पहिलो संक्रान्तिका बेला गरिएको बिन्दु भोजनममा कुल ३७९ प्रकारका परिकार भोजन गरिएको उल्लेख छ । एजेन्सीको सहयोगमा

Europass CV in Nepal