मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

जनयुद्धको विरोध गर्ने क्याम्पस प्रमुख कुटिए

Himali Patrika 1 मिनेट पढाइ

गोरखा । गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ ।जनयुद्धको सन्दर्भमा दवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले मंगलबार बिहान उनीमाथि हातपात गरेका हुन् ।

इकाइ अध्यक्ष अनिष अर्याल नेतृत्वमा आएका केही युवाहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेबलसमेत तोडफोड गरेका छन् । ‘म एउटा द्वन्द्व पीडित, मैले सामाजिक संजालमा क्याम्पस प्रमुखको हिसाबले भन्दा पनि आफ्नो निजी विचार राखेको थिए,’ दुवाडीले भने, ‘त्यही विषयलाई लिएर उनीहरुले म माथि आक्रमण गरे ।’

इकाइ अध्यक्ष अर्यालसँग आएका अन्य युवा भने क्याम्पसका विद्यार्थी नभएको उनको दाबी छ । दुवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिको विरोधमा अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइले सोमबार राति विज्ञप्तिसमेत जारी गरेको थियो ।

दुवाडीले ‘कथित जनयुद्ध शब्दलाई वैधानिक दृढता गर्ने वर्तमान सरकार मुर्दावाद’ भन्ने अभिव्यक्ति दिएको भन्दै १२ घण्टाभित्र सार्वजनिक रुपमा माफी माग्न माग गरेका विद्यार्थीले मंगलबार क्याम्पस प्रमुखकै कार्यकक्षमा प्रमुखमाथि हातपात गरेका हु्न् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।