मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

कपिलवस्तुमा एक जना व्यक्तिले आफ्नै श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखेपछि

Himali Patrika 1 मिनेट पढाइ

आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखे पछि कपिलवस्तुमा एक जना व्यक्तिले आफ्नै बुवाको हत्या गरेका छन्। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० शितलापुरका ३० वर्षीय मग्निराम पासीले आफ्नै बुवा ६४ वर्षीय मगरे पासीको हत्या गरेका हुन्।

मङ्गलवार बिहान ११ बजे तिर श्रीमती र बुवालाई नग्न अवस्थामा देखे पछि आक्रोशित मनिरामले बुवाको हत्या गरेका थिए। हत्या पछि मनिरामले सो घटनालाई आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्डाएका थिए। घटना बारे थाहा पाए पछि प्रहरी पुग्दा बुधवार बिहान पासी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परका थिए।

घटना शङ्कास्पद देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। हत्यामा संलग्न मृतकको छोरा वर्ष ३० को मग्निराम पासी र बुहारी वर्ष २६ कि मिमा पासीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख कपिल जगं शाहीले बताए।

प्रमुख शाहीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन्। मंगलबार बिहान ११ बजे खाना खान घरमा आएको समयमा आफ्नो बुबा र श्रीमतीलाई मनीरामले नग्न अवस्थामा देखेका थिए। त्यस पछि बाबुको हत्या गरेको र सोही दिन राती ११ बजे डोरीमा बाँधी झुण्ड्याएका थिए।

बुधवार बिहान ८ बजे मात्र प्रहरीलाई सूचना पुगेको र प्रहरीले घटनास्थलबाट आवश्यक सबुद प्रमाणहरू बरामद गरेको सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको शाहीले बताए। तस्विर : प्रतिनिधात्मक

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।