बिहेको खुसीमा मदिरा पिएका बेहुला मातेपछि बेहोस भएपछि बिहे नै रद्द, बेहुली पक्षले तिरायो विवाह खर्च

बिहेको खुसीमा मदिरा पिएका बेहुला मातेपछि बेहोस भएपछि बिहे नै रद्द, बेहुली पक्षले तिरायो विवाह खर्च

घरमा बिहेवारी हुँदा को खुसी हुँदैन र ? त्यस्तै खुसी थिए बाराको कलैया उपमहानगरपालकिा–१० मटिअर्वाको एक परिवार । तर बेहुला लिएर जन्ती जाँदा साथीहरुले मादक पदार्थमा नशालुपदार्थ मिसाएर खुवाइदिएपछि भने विवाह नै रद्द भयो । त्यसपछि भने बेहुलाको परिवार रनभुल्लमा परे । घटना साताअघि फागुन १० बुधबारको हो ।

कलैया उपमहानगरपालिका-१० मटिअर्वा गाउँबाट वीरगन्ज महानगरपालिका–२७ घुर्मी टोलमा जन्ती जाँदासम्मको माहोल निकै रमाइलो थियो । बेहुला, परिवार, आफन्त र गाउँले खुसी थिए । बाजाको तालमा महिला, पुरुष बच्चाहरु सबै रमेका थिए । दसगजामै गाउँ भएकाले वारि र पारिको टोलमा पनि खुसियाली थियो । दिनभर भोजभतेर खाँदै सबै बाजाको तालमा रमेका थिए । तर जब बेलुका बेहुलासहितको टोली विवाहका लागि बेहुलीको घरमा पुग्यो तब भने तनावपूर्ण स्थिति सिर्जना भयो । २२ वर्षीय बेहुला प्रेमचन्द मण्डल नशामा मातिएको देखेपछि बेहुली पक्षले विवाह नै रद्द गर्ने निर्णय गर्‍यो ।

बेहुला सजिएर जाँदा कसैले पनि उनले नशालुपदार्थ सेवन गरेको सुईंको पाएका थिएनन् । तर बेहुलीको घरसम्म पुग्दा उनी नशाले रन्थनिएर अनियिन्त्रित हुने अवस्थामा पुगिसकेका थिए । नशाको सुरमा तथानाम गाली गर्नुका साथै र्‍याल काट्दै मातिएको देखेपछि बेहुली पक्षले कुनै पनि हालतमा विवाह नगर्ने अड्डी कसे ।

Europass CV in Nepal

बेहुली पक्षले जन्तीमा गएकाहरुको सत्कार गरेर राति नै फिर्ता गरे पनि बेहुला, उनका परिवार र नजिकका आफन्त र उनीहरु चढेर गएको गाडीलाई नियन्त्रणमा लिएर राखे । त्यसपछि भने सबैको खुसीमा मौनता छायो । एकछिन सबै अलमल्लमा परे । यतिमात्रै नभएर बेहुली पक्षले आफूले विवहाका लागि दिएको दाइजोसहितको खर्च नै फिर्ता मागेपछि बेहुला पक्ष रनभुल्लमा परे ।

भोलिपल्ट दिउँसो साढे ५ लाख बेहुली पक्षलाई नबुझाएसम्म बेहुलासहित उनको परिवारलाई नियन्त्रणमै राखिएको थियो । वडाध्यक्ष भोलिपल्ट विवाद मिलाउन पुगेका थिए । मटिअर्वाका वडाध्यक्ष मोहम्मद साबिर मियाँ ठकुराईले बेहुली पक्षलाई आफ्नै नामको साढे ४ लाखको चेक र एक लाख नगद दिएपछि भने नियन्त्रणमा परेकाहरु मुक्त गरिए ।

‘बन्धक छुटाउन आफ्नो चेक दिएर आफैं झमेलामा परेको छु,’ मटिअर्वाका वडाध्यक्ष ठकुराईले भने, ‘बेहुलालाई नशा गर्ने बानी थिएन तर खुसीमा उनकै साथीले बियरमा कडा नशालुपदार्थ खुवाइदिएछन् ।’ आफ्नै समाजको बेहुला र उनको परिवार बन्धकमा परेपछि आफ्नो नामको चेक दिएर सबैलाई छुटाएको उनले बताए ।

विवाहका लागि बेहुली पक्षले बेहुला पक्षलाई साढे ५ लाख नगद दाइजो दिएका थिए । ‘दाइजोको साढे ५ लाख नगद, विवाहमा सट्टापट्टा गरिएको बाजा, गाडी, भोजभतेर, गहना, लुगाफाटो सबै गरेर झन्डै १० लाख बेहुला पक्षले खर्चेको थियो । तर विवाह रद्द भएपछि उक्त खर्चिएको रकम तिर्न बेहुलाका बाबु शर्मा मण्डलले खेतबारी बेच्नु परिरहेको वडाध्यक्ष ठकुराईले दाबी गरे ।

जन्ती, टिकाटाला, कपडालगायतमा भएको सबै खर्च पनि बेहुली पक्षले जोडेर बेहुला पक्षबाट तिर्न लगाएको उनले बताए । ‘मैले नशा प्रयोग गर्ने गरेको थिइन् । बेहुला भएर घरबाट निस्कनुअघि साथीको दबबामा १ गिलास बियरमात्र खाएको थिएँ,’ बेहुलालाई उद्धृत गर्दै परिवारका एक सदस्यले भने, ‘त्यसपछि मलाई के भयो अरु कुरा थाहै भएन ।’

Europass CV in Nepal