मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

सालीलाई रङ दलेकाे विषयमा दुई समूहबीच झडप

Himali Patrika 1 मिनेट पढाइ

सप्तरी । सप्तरीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको छ । सप्तरीको महादेवा गाउँपालिका–४ मनियार परसाही टोलमा हिजो मङ्गलवार २५ वर्षीय योगेन्द्र सरदारले आफ्नो सालीलाई रङ दलेपछि साली पक्षका युवाले सरदारलाई कुटपिट गरेका थिए । त्यसपछि योगेन्द्र सरदार पक्षका युवा जम्मा भएर परसाही टोलका युवासँग झडप गरेका छन् ।

झडपमा केही युवा घाइते भएका सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता नरेशकुमार सिंहले बताउनुभयो । कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।

दुई समूहकाे झडपमा घाइते भएकाहरूकाे स्थानीय मेडिकल उपचार भइरहेकाे र फरार रहेका अन्य व्यक्तिहरूकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।