बुढेसकालमा हनिट्रयाप : पिडित बस्नेत भन्छन, पालन पोषण गराउन राखेको उल्टै सम्पति लगेर गइ

बुढेसकालमा हनिट्रयाप : पिडित बस्नेत भन्छन, पालन पोषण गराउन राखेको उल्टै सम्पति लगेर गइ

२६ फागुन । दाङ लमही नगरपालिका वडा नं.९ अमिलियाका जानकिलाल बस्नेत ७५ बर्ष भए । श्रीमति वितेको १० बर्ष भयो । उनको एउटा छोरा कामको सिलसिलामा भारतको गोवामै बस्नछन् । दुई छोरी मध्ये एउटी छोरीको बाँके विहे भएको छ, भने एउटी छोरीकै गाउँमै विहे भएको छ । उनी घरमा एक्ला छन् । उनलाई पालन पोषण गर्ने मान्छेको खाँचो छ ।

त्यसकै खोजीमा रहेका बस्नेतले विहे गर्ने सोच बनाएका थिए । उमेर ढल्केपनि आफूलाई हेरचाह गर्ने गरि विहे गर्ने उनको सोच भयो । त्यही बेला गाउँमा रहेको आफन्तीको घरमा गइरहने तुलसीपुर बसपार्ककी गीता सुनार भेट भयो । बस्नेत घरमा एक्लै भएको कुरामा सुनार जानकार थिइन । त्यसपछि सुनारले नै बस्नेतलाई एउटी पालन पोषण गर्ने महिला रहेको र, विहेकै खोजीमा रहेको कुरा गरिन । बस्नेतलाई फोन नम्बर पनि उपलब्ध गराईन् ।

ति महिला थिइँन्, तुलसीपुरकी करिब ३७ बर्षीया कमला थापा । त्यसपछि बस्नेतले कमलालाइ फोन गरे र उनीहरुबीच कुराकानी हुन थाल्यो । कहिल्यै फोनबाट कुरा भयो, भयो त, कहिल्यै भेटेरै कुराकानी भयो ।“फोन पाएपछि मैले पनि फोन गर्थेँ, उनले पनि उतावाट फोन गर्थिन”,उनले भने “धेरै पटक पनि भेटघाट भयो ।”

Europass CV in Nepal

गएको बर्ष जेठ अन्तिम तिरदेखि उनीहरुबीच यसरी कुराकानी भएको हो । यो बीचमा बस्नेतले आफू एक्लै भएको र बुढेसकालको साहारा चाहिएकाले विहे गर्न खोजेको भनि प्रस्ताब गरे । त्यो कुरा कमलाले पनि स्वीकार गरिन् ।“मलाई पाल्नु पर्छ, मेरो कोही छैन, भनेर बारम्बार फोन र भेटेर कुरा हुन्थ्यो”,बस्नेतले भने “ पटक–पटक हुन्छ, हुन्छ, भनिन्,यही कुरा ५ महिनासम्म भयो ।”

लामो समय कुरा भएपछि बस्नेतले विश्वास पनि गरे । त्यसपछि ति महिलाले आफूले बुढेसकालमा हेरचाह गर्ने भन्दै भएको जग्गा आफ्नो नाममा गर्ने भनि प्रस्ताब गरिन् । बस्नेतले त्यो कुरा मान्नु भयो र, गएको कात्तिक २८ गते आफूसंग अमिलियामा भएको १२ कठ्ठा १५ धुर जग्गा कमलाको नाममा पास गरिदिए ।

पास गर्नकालागि भनेर बिभिन्न समयमा गरेर एकलाख ११ हजार रकम समेत दिएको बस्नेतले बताए । “जग्गा पनि पास गरिदिए, जग्गा पास गर्नलाई पटक–पटक गरेर एक लाख ११ हजार रुपैँया दिएँ”,उनले भने “त्यो सबै पैसा मैले ऋण कारेर ल्याएको हुँ, एउटा सुनको औठी पनि दिएँ ।”

जग्गा पास गर्नुभन्दा अघि कमलासंगै कहिल्यै घोराही, कहिल्यै तुलसीपुर भेट पनि हुन्थ्यो । कमलाले बाहिनी चोक आसपासमा आफ्नो घर बताउथिन् । तर, कहिल्यै पनि घरमा लिइनन् । तुलसीपुर आउँदा बसपार्कमा लगेर बसाल्थिन् । दिनदिनै फोन गर्ने र हप्तामा दुई पटकसम्म भेट हुने कमलाले जब आफ्नो नाममा जग्गा पास लिइन, त्यसपछि भने एक पटक पनि देखा परिनन्, भने फोन पनि उठ्न छोड्यो । महिनौं दिनसम्म सम्पर्कमा नआएपनि जग्गा लिएकाले फर्केर आउने आशामा थिए बस्नेत ।

तर, बुझ्दै जाँदा कमला यस्तै ठगी धन्दामा काम गर्ने भनेपछि गएको माघ अन्तिम साता जिल्ला प्रहरी कार्यालयमा पुगेर निवेदन दिए । निवेदन दिएपछि कमलालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनी विरुद्ध अदालतमा ठगी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बीरबहादुर वलीले बताए ।

कमलाले त्यो जग्गा धितोमा राखेर वित्तिय संस्थाबाट ऋण पनि निकालेको खुल्न आएको छ । कमलाले आफ्नो श्रीमान विदेश रहेको र, उनीसंग सम्बन्ध विच्छेद भएको बताउथिन् । उनका दुई वटा छोरी छन् ।

Europass CV in Nepal