मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

भाइरल कुरा किन टिक्दैन ? फेरि ठेलागाडामै फर्किए ‘काचा बदाम’ भाइरल गायक

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । चाहे नेपाल होस् या भारत भाइरल कुरा लामो समय टिक्दैन भन्ने उदाहरण नेपालमा प्रशस्तै छन्। सडकबाट टिपेर रातारात पैसा कमाउन भाइरल बनाइन्छ, उनीहरूबाट सीमित स्वार्थ बटुलेपछि फेरी सडकमै जान बाध्य बनाइन्छ। छिमेकी देश भारतमा पनि त्यस्तै रातारात भाइरल भएका व्यक्ति फेरी सडकमै पुगेका छन्।

तपाईंले टिकटकमा भाइरल भएको गीत ‘काचा बदाम’ अवश्य सुन्नुभएको छ । संसारभर यो गीत यति चर्चित भयो कि यो गीतका गायक भुवन बाड्याकर रातारात संगीत स्टार बने । तर यतिबेला ती भाइरल स्टार जिरोमा झरेका छन् ।

‘काचा बदाम’ हिट हुनुअघि ठेलागाडामा बदाम बेचेर गुजारा गर्ने भुवन कपीराइट लगायतको विवादले पुनः पुरानै अवस्थामा फर्किएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले अहिले ठेलामै पुनः बदाम बेच्न थालेका छन् । भारतको पूर्वी बंगालको वीरभूम जिल्लाको दु्रबाजपुरका बासिन्दा उनी टिकटककै कारण हिट भएका थिए ।

सन् २०२२ को फेब्रुअरी ५ मा उनले टिकटकमा पोस्ट गरेको उक्त गीत टिकटकसहित फेसबुक र इन्स्टाग्राममा हिट भयो । उनलाई कार्यक्रममा गाउन निम्तो गरियो भने उनले मनग्य पैसा पनि कमाए । देश, विदेशबाट उनले राम्रो पैसा कमाए । तर उनको खराब दिन त्यसबेला सुरु भयो जतिबेला उनले भूलवश कपीराइट अधिकार बिक्री गरे ।

गोधुली बेला म्युजिक युट्युब च्यानलका गोपाल घोषले भुवनलाई फकाएर कागजमा हस्ताक्षर गर्न लगाएपछि उनको ओरालो त्यहींदेखि सुरु भयो । नयाँ गीतको अफर आएको भन्दै भुवनलाई कागजमा साइन गर्न लगाए । जसअनुसार नयाँ गीतबाट आएको ६० प्रतिशत कमाइ भुवन र ४० प्रतिशत युट्युबले राख्ने भनेर उनले फकाए ।

त्यतिबेला तीन लाख भारु साइनिङ अमाउन्ट पनि भुवनले पाएका थिए । बाँकी पैसा पछि दिइने सर्त राखियो तर कागजमा चाहिं कपीराइट बिक्री भएको व्यहोरा उल्लेख भयो । भुवनले आफूले अंग्रेजी नबुझेकाले झुक्याएर हस्ताक्षर गर्न लगाइएको बताएका छन् । यो घटनापछि भुवनलाई कार्यक्रमबाट निम्तो पनि आउन छाड्यो र भिडियो राख्नेलाई कपीराइट पनि लाग्न थाल्यो ।

अहिले यो घटनापछि उनी पुनः गाउँमै फर्किएर ठेलागाडामा बदाम बेच्न थालेका छन् । उनले स्थानीय प्रहरीमा उजुरी दिएपनि अबको प्रक्रिया के हुन्छ भन्नेबारे खुलाइएको छैन । नेपालमा समेत ‘काचा बदाम’ निकै भाइरल भएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।