मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

युगान्डामा समलिंगी भएर जन्मनु अपराध मानिने, बन्यो नयाँ कानुन

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अफ्रिकी देश युगान्डाको संसदले समलिंगी तथा तेस्रोलिंगी हुनुलाई अपराध मान्दै जेल हाल्ने कानून बनाएको छ ।युगान्डासहितका ३० वटा अफ्रिकी देशमा समलिंगी सम्बन्ध गैरकानुनी छ ।

तर युगान्डाले बनाएको नयाँ कानुनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म जेल हाल्न सकिने छ ।उग्रसमलिंगीलाई त मृत्युदण्डसमेत दिने व्यवस्था यो कानुनले गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

संसदले पारित गरेको कानुन अनुसार समलिंगी सम्बन्ध बारे थाहा पाउनेले उजुरी गर्नु पर्ने छ ।संसदले पारित गरेको कानुन हस्तक्षरका लागि युगान्डाका राष्ट्रपति मुसेबेनीसमक्ष पठाइएको छ । उनले हस्तक्षर गरेपछि यो कानुन लागु हुने छ । संसदले पारित गरेको कानुनमा हस्तक्षर नगरी त्यसलाई लागु हुनबाट रोक्ने विषेशअधिकार पनि युगान्डाका राष्ट्रपतिलाई छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।