मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

पशुपतिमा अस्तुका गहना खोज्नेहरूको कथा, सुन किन्न आर्यघाटमै पुग्छन् व्यापारी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । पशुपतिको जात्रा, सिद्राको व्यापार त्यसै भनिएको होइन । पशुपतिस्थित आर्यघाटमा एकातिर स्वजन गुमाएकाहरू अर्धमुर्छित भइरहेका हुन्छन् भने अर्कातिर जलाइएको शवको अस्तुबाट सुन र पैसा खोज्न केही किशोर पानीमा तैनाथ देखिन्छन् ।

सर्लाही घर भएका २० वर्षीय युवाको दिनरात पशुपति सेरोफेरोमै बित्छ । के दिन, के रात, के जाडो, के गर्मी । मृत मानवका शरीर जलाइएको ठाउँको निगरानी नै यिनको दैनिकी हो ।

शव जलाएपछि बचेखुचेका दाउरा र खरानी पखालेर खोलामा मिल्काउनासाथ बालुवा खोतल्न सुरु गर्छन् । गहना भेट्नासाथ हराउने भयले तत्काल मुखमा हाल्छन् । पैसा पाए खल्ती भर्छन् । काम चुनौतीपूर्ण छ । तर, यही काममा रमाइरहेका छन् । यसबाट दैनिक ३ देखि ५ हजारसम्म आम्दानी हुने उनी बताउँछन् ।

सुन खोज्नेबाहेक उनले शव व्यवस्थापनका लागि चाहिने दाउरा र अन्य सामान बोकेबापत प्रति शव २ सय रुपैयाँ समेत पाउँदा रहेछन् । तर, बिडम्बना जति कमाए पनि खानपिनमा सकिने रहेछ । अनौठो त के हो भने यिनीहरूले फेला पारेको सुन किन्न सुन व्यापारीहरु पशुपति आर्यघाटमै पुग्दा रहेछन् । यिनी जस्तै अन्य ७ युवा यही काममा अभ्यस्त छन् ।

वीरगञ्जका अर्का यी युवा सानैमा पशुपति आएको र वर्षौंदेखि यही कार्य गर्दै आएको बताउँछन् । यहीँ भेटेका सुनचाँदीका गहनाले हात र कान सजाएका छन् । रोचक त के छ भने भेटिएको सुन बेचेर उनले घरपरिवारको खर्च धान्दा रहेछन् ।

पशुपति क्षेत्र विकास कोषका सुरक्षागार्डले गहना, पैसा खोज्न रोक लगाएकाले उनीहरू लुकिछिपी गर्न बाध्य छन् । शव जलाउने ठाउँमा यसखाले अनौठो काममा कलिलो उमेरका युवाको आकर्षण आफैँमा अनौठो छ । साभार : ईमेजखबरबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।