मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

पार्टी प्यालेसमा मनाउँदा कुकुरको जन्मदिन ७ लाख खर्च

Himali Patrika 1 मिनेट पढाइ

गुजरातस्थित अहमदाबादमा एक परिवारले कोरोना प्रोटोकल तोड्दै आफ्नो कुकुरको जन्मदिन धुमधामसँग मनाएको छ । कुकुरको जन्मदिन मनाउनको लागि पार्टी प्यालेस समेत बुक गरिएको थियो ।

निम्तालुहरुको उपस्थितिमा केक काटिएको थियो भने निकै जोडले जन्मदिन मनाइएको थियो । कार्यक्रममा गायक गायिकाले समेत प्रस्तुति दिएका थिए । सोही समयमा प्रहरी पुग्यो र ३ जना आयोजकलाई पक्राउ गर्यो ।

वास्तवमा अहमदाबादको मधुवन ग्रीन पार्टी प्यालेसमा चिराग पटेलले आफ्नो कुुकुरको जन्मदिन मनाएका थिए । पार्टीमा ७ लाख रुपैयाँ खर्च भएको थियो । कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा जमेर भाइरल भइरहेको छ । कार्यक्रमस्थलमा गुलाब, नीलो, सेतो रंग र ठुलो संख्यामा कुकुरको पोस्टर सजाइएको थियो ।

चीनमा झन् रोचक 

एकजना चिनियाँ महिलाले आफूले पालेको कुकुरको दसौँ जन्मदिन सानदार तरिकाले मनाउन लाइट सोका लागि ५२० वटा ड्रोन भाडामा लिएकी छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियो फुटेजमा चीनको हुनान प्रान्तको चाङसामा आयोजित कुकुरको ‘बर्थ डे’ पार्टीको उपलक्षमा ती ड्रोनहरू उड्ने तयारी गरिहेकैबेला शुभचिन्तकहरूको भिडले कुकुरलाई ‘ह्याप्पी बर्थ डे टू यू’ भन्दै गाइरहेको देखिन्छ ।

सियाङजियाङ नदीमाथि उडाइएका ती ड्रोनले कुकुरलाई मनपर्ने आकृतिहरूसहित ‘बर्थ डे’ केकको आकृति पनि बनाइएका थिए । साथै ती ड्रोनहरूले चिनियाँ भाषामा ‘ह्याप्पी बर्थ डे टू दोउदोउ’ भन्ने वाक्यांश पनि उच्चारण गरेका थिए । स्थानीय निकायले यस्तो अद्भूत कार्यक्रमबारे आफू अनभिज्ञ रहेको र यसका लागि वास्तवमा विशेष अनुमति लिनुपर्ने जनाएको छ । ड्रोन भाडा दिने संस्थाले नाम उल्लेख नगरिएका ती महिलाले करिब १५ हजार ७०० अमेरिकी डलर खर्चेको बताएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।