३४ अर्ब रुपैयाँ थियो यो ‘सबैभन्दा महँगो घर’, अब मूल्य घटाएर यतिमा बेच्न राखियो

३४ अर्ब रुपैयाँ थियो यो ‘सबैभन्दा महँगो घर’, अब मूल्य घटाएर यतिमा बेच्न राखियो

अमेरिकाको सबैभन्दा महँगो घरको मूल्य अघिल्लो वर्षको तुलनामा अब निकै कम भएको छ । २१ बेडरुम भएको यो विलासी घरको मूल्य अब २०५ मिलियन डलर अर्थात् २४ अर्ब रुपैयाँ भएको छ । यसअघि यो घरलाई २९५ मिलियन डलर अर्थात् ३४ अर्ब रुपैयाँमा बिक्रि गर्न चाहन्थे ।

‘द सन’ मा छापिएको एक खबर अनुसार यो शानदार घर बनाउन अर्बौँ रुपैयाँको खर्च भएकमो छ । यो अहिले पनि पूर्ण रुपमा बनेको छैन । तर कम्पनी टाट पल्टिएका कारण यसलाई बेचिँदैछ । हलिउड निर्माताबाट डेभलपर बनेकी निल नियामीले सात वर्ष अघि यो घरको निर्माणका लागि ६ सय कर्मचारीलाई काममा राखेकी थिइन् ।

अघिल्लो वर्ष जनवरी महिनामा यसलाई लिलाम गर्नका लागि सुचिबद्ध गरिएको थियो । तर पछि घरलाई बिक्रिको सूचीबाट हटाइएको थियो । तर अब घरका मालिक ऋणमा डुबेका कारण एकपटक पुनः यसलाई कम मूल्यमा बेच्ने निर्णय गरिएको छ ।

क्यालिफोर्नियाको पहाडी इलाकामा बनेको यो घरको नाम ‘द वान’ हो । यो १० हजार वर्ग फिटमा फैलिएको छ । यो घरमा २१ बेडरुम, चार स्विमिङ पुल, ४५ सिट भएको सिनेमा हल, ३० वटा कार राख्न मिल्ने ग्यारेज, दौडनका लागि रनिङ ट्र्याक, एउटा इन्डोर स्पा, एउटा ब्यूटी सैलुन बनाइएका छन् । यो घर चारैतिरबाट खुल्ला छ, यहाँबाट पूरा शहरको रमणीय दृश्य देख्न सकिन्छ । यो घरका छिमेकीमा हलिउड स्टार पनि छन् ।

नियामीले भनेकी थिइन्, ‘यदि तपाईंसँग मोनालिसाजस्तो कुनै दुर्लभ चिज भएको भए तपाईं कुनै पनि मूल्यमा त्यो बेच्न सक्नुहुन्छ ।’ तर उनको सवालमा यस्तो हुन सकेन । उनले आफ्नो यो आलिशान घरलाई कम मूल्यमा बेच्नु परिरहेको छ ।