मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

जौबाटै मासु फलेपछि पशुवधको अन्त्य !

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी । झट्ट सुन्दा जो कोहीलाई अचम्म लाग्छ । अचम्म नलागोस् पनि कसरी वनस्पतीबाट मासु फल्छ भन्दा । तर, सत्य सावित हुँदैछ, जौबाट नै मासु उत्पादन हुने र पशुवध गर्न नपर्ने ।

हो, आइसल्यान्डमा वैज्ञानिकहरूले एक प्रकारको कोषबाटै यो अचम्म लाग्ने कुरालाई सावित गर्दैछन् । यस कार्यले अब पर्यावरणलाई जोगाउन मद्धत पुग्नेछ । पशुबाट लिइएको ‘ग्रोथ फ्याक्टर’ जौले बोक्न सक्नेगरी उक्त प्राटिन जौमा मिसाइन्छ र फलेको जौ पिसिन्छ अनि प्रयोगशालामा मासु प्रशोधन गर्न सुरु गरिन्छ ।

यसरी थोरै ठाउँबाटै जौबाट मासु उत्पादन भएपछि मासु उत्पादनका लागि पशुलाई चाहिने जति जमिनको आवश्यक पनि नपर्ने बीबीसीले जनाएको छ । र, प्रविधिकाे सहायताले सजिलै प्रयोगशालामा पशुपंक्षीबिनै जौबाट मासु उत्पादन सुरु हुनेछ ।

अहिले आइसल्यान्डमा वैज्ञानिकहरू वनस्पतिबाट मासु उत्पादन गर्न एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको जौ हुर्काइरहेका छन्। यससँगै अब प्रयोगशालाबाट मासु उत्पादन हुने भएपछि मासुका लागि पशुपंक्षीमा भर नपरे पनि हुने वैज्ञानिकहरुको दाबी छ । बीबीसीकाे सहयाेगमा

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।