मृत्युभन्दा ठ्याक्कै अगाडि मानिसले के सोच्छ ? वैज्ञानिकले यस्तो रेकर्ड गरे

मृत्युभन्दा ठ्याक्कै अगाडि मानिसले के सोच्छ ? वैज्ञानिकले यस्तो रेकर्ड गरे

मानिसको दिमागमा यस्ता कैयन् सोचाइहरू आउँछन् जसको जवाफ ऊसँग हुँदैन । यद्यपि जब वैज्ञानिकहरू यस्ता प्रश्नहरूको जवाफ खोज्ने कोसिस गर्दछन् तब केही रहस्यका पर्दाहरू अवस्य खुल्दछन् ।

मृत्युको केही मिनेट पहिले मानिसको दिमागमा के चलिरहेको हुन्छ र के कुरा सोचिरहेको हुन्छ होला ? वैज्ञानिकहरूका अनुसार मर्न थालेको मानिसको दिमागमा अन्तिमम समयमा आफ्नो जिवनका उत्कृष्ट पलहरूको याद आउँदछ ।

बेलायती पत्रिका द सनमा प्रकाशित रिपोर्ट अनुसार वैज्ञानिकहरूले ८७ वर्षका एक वृद्धको मृत्यु अगाडि मस्तिष्कको गतिविधि रेकर्ड गरेका छन् । ती व्यक्ति हृदयाघातका कारण अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उनको उपचारका क्रममा इलेक्ट्रोएन्सेफेलोग्रामको सहयोग लिइयो । उपचारकै क्रममा उनको मृत्यु भयो ।

Europass CV in Nepal

यद्यपि परीक्षणकै क्रममा अन्जानमै ती व्यक्तिको ब्रेन म्यापिङ भयो जसका कारण मर्नुभन्दा १५ मिनेट अगाडिको उनको मस्तिष्कको गतिविधि तथा उनको मस्तिष्कमा खेलिरहेको विचार रेकर्ड भयो । उक्त रेकर्डिङ इइजीमा भयो ।

उनको मृत्युको ३० सेकेण्डका क्रममा हृदयगति निकै तीव्र गतिले बढ्न थाल्यो । त्यसबेला वैज्ञानिकहरूले एक अनौठो खालको तरंग कैद गर्न सफल भए । त्यसको नाम गामा ओस्सिलेसन हो ।

ब्रेन म्यापिङका बेला भएको रेकर्डिङबाट के पत्ता लागेको छ भने जीवनको अन्तिम क्षणमा मानिसले आफ्नो जीवनसँग सम्बन्धित केही राम्रा-राम्रा पलहरूको सम्झना गर्दो रहेछ । लुइसभिले जेमर विश्वविद्यलायका न्युरोसर्जन तथा अनुसन्धानकर्ता अजमल जेमलका अनुसार अन्तिम समयमा हाम्रो दिमाग सपना देख्ने अवस्थामा पुग्दछ । शरीरमा प्राण नरहँदा पनि मस्तिष्कले अन्तिम समयसम्म काम गरिरहेको हुन्छ ।

शोधकर्ताका अनुसार मृत्युको क्रममा मानिसको शरीरमा गामा तरंग सबैभन्दा शक्तिशाली थियो । त्यस्तै एन्जाइटी गराउने बिटा तरंग पनि केहीबेर सक्रिय हुन्छ । त्यसपछि अल्फा र थिटा तरंग सक्रिय हुन्छन् भने गहिरो निद्रामा पुर्‍याउने डेल्टा वेब पनि सक्रिय हुन्छ । यद्यपि व्यक्तिको शरीरमा गामा तरंग सबैभन्दा धेरै शक्तिशाली हुनाले मानिसलाई मर्ने बेलामा पुराना दिनका विभिन्न उत्कृष्ट पलहरुको याद आउँदछ । एजेन्सी

Europass CV in Nepal