मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउन रोक लगाएकोमा खुसीयाली

Himali Patrika 1 मिनेट पढाइ

सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउन रोक लगाएको खुसीयालीमा वातावरण प्रेमीहरूले र्‍यालीको आयोजना गरेका छन् । निजगढ विमानस्थलको निर्माणमा रोक लगाएर पर्यावरण जोगाएको भन्दै प्यान नेपालको आयोजनामा सो र्‍याली गरिएको हो ।

बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारलाई भनेको छ । शनिबार नै सर्वोच्च अदालतको आदेशको विरोधमा माइतीघर मण्डलामा निजगढवासीले ​विरोध कार्यक्रमको आयोजना गरेका थिए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।