मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

अर्घाखाँचीमा नागरिकता सच्याएर बृद्धभत्ता खाने पक्राउ

Himali Patrika 1 मिनेट पढाइ

सन्धिखर्क ।  नागरिकता केरमेट गरेर बृद्ध भत्ता खाने शितगंगा नगरपालिका-१३ का एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शितगंगा नगरपालिका-१३ सिमलपानीका केश बहादुर भाटलाई नागरिकता केरमेट गरेर बृद्धभत्ता खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक शंकर खड्काले बताए।

उनले नागरिकतामा भएको जन्ममिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ। उनको मतादाता परिचय पत्रमा २०१६।८।२४ गतेनै रहेको भेटिएको प्रहरीको भनाई छ।

पक्राउ परेका भाटलाई जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान भैहरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।