मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

युवतीले गरिन् आफैसँग विवाह गर्ने निर्णय, भन्छिन्,‘मैले आफैसँग प्रेम गरेँ’

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी । भारतमा एक युवतीले आफैसँग विवाह गर्ने भएकी छन्। पश्चिम भारतकी ब्लगर २४ वर्षीया क्षमा बिन्दुले आफैसँग विवाह गर्ने घोषणा गरेकी हुन्।

विवाहका सबै प्रक्रिया पूरा हुनेछ तर त्यहाँ दुलाह हुने छैनन्। कारण उनी आफैसँग विवाह गदैछन्। आफूले आफैसँग विवाह गर्नुको कारण भने उनले आफूले आफैलाई प्रेम गर्ने बताएकी छन्।

धेरै मानिसले आफूलाई रोजेको भएपनि उनले उनीहरूलाई नभएर आफैलाई रोजेको बताएकी छन्। पछिल्लो समय पश्चिमा मुलुकमा यो प्रवृत्ति तीव्र गतिमा बढ्दै आएको छ। जहाँ विवाहका सबै प्रक्रिया पूरा गरेर आफूले आफैसँग विवाह गरेका हुन्छन्।

तर भारतमा भने यो पहिलो एकल विवाह हो। जहाँ ती युवतीले आफैलाई रोजेर आफैसँग विवाह गर्ने घोषणा गरिन्। पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा क्षमा बिन्दुको परम्परागत हिन्दू समारोह छ।

जहाँ उनले विवाहको पहिरनमा सजिएर सबै प्रक्रिया पूरा गरी आफूले आफैलाई जीवनसाथी रोज्ने छिन्। र आफैलाई जीवनभर साथ दिने बाचा गर्नेछिन्। यसका साथै उनले हनिमुन र विवाहका अन्य प्रक्रियासमेत पूरा गर्ने जनाएकी छन्। उनी विवाहपछि दुई साता लामो हनिमुनमा गोवा जाने छिन्।

समाजशास्त्रकी विद्यार्थीका साथै एक ब्लगरसमेत रहेकी उनले आफ्नो यस निर्णयबारे धारणा सार्वजनिक गर्दै भनेकी छन्, ‘धेरै मानिसहरूले मलाई म राम्रो क्याच हुँ भन्छन्, म तिनीहरूलाई भन्छु,‘मैले आफैलाई समाते।’

उनी भन्छिन्, ‘आत्म–विवाह भनेको आफ्नो लागि त्यहाँ रहनु, आजीविका र जीवनशैली छनोट गर्नको लागि प्रतिबद्धता हो जसले तपाईँलाई सबैभन्दा जीवित, सुन्दर र गहिरो आनन्दित व्यक्ति बन्न मद्दत गर्दछ। यो देखाउने मेरो तरिका हो कि म मेरो सबै विभिन्न अंगहरूलाई स्वीकार गर्दैछु, विशेष गरी मैले मेरो कमजोरीहरू जस्तै अस्वीकार गर्ने वा अस्वीकार गर्ने प्रयास गरेको छु। त्यो शारीरिक, मानसिक वा भावनात्मक हो। मेरो लागि, यो विवाह हो। साँच्चै आत्म–स्वीकृति गहिरो कार्य हाे। म के भन्न खोज्दैछु कि म आफैलाई स्वीकार गर्छु। सबै मलाई, यहाँ सम्म कि भागहरु जुन सुन्दर देखिँदैन।’

बिन्दुको परिवारले पनि उनीको यो निर्णयलाई सर्मथन गर्दै आर्शिवाद दिएको उनी बताउँछिन्। भारतमा यतिबेला उनको विवाहको कुराले निकै चर्चा पाएको छ। कतिपय आलोचकले उनको यो विवाह चर्चा कमाउनको लागि हो भनेका छन् भने कतिले उनको यो निर्णयलाई प्रसंसा समेत गरेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।