एलियनको जहाज दुर्घटनामा धातुजस्तो पोसाकमा एलियनको शव भेटिएको थियो – एफबीआइ

एलियनको जहाज दुर्घटनामा धातुजस्तो पोसाकमा एलियनको शव भेटिएको थियो – एफबीआइ

काठमाडौं। अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआइ)को गोप्य दस्तावेजमा एलियनको उडनतश्तरी देखिएको कुरा उल्लेख भएको पाइएको छ । एफबीस्आइका फाइलहरुको दस्तावेजमा युएफओ देखिएको, ती यानहरु २७ हजार माइल प्रतिघण्टाको गतिमा यात्रा गरेको र त्यसपछि दुर्घटनाग्रस्त भएको जस्ता कुराहरु पनि उल्लेख छन् । यस्तोमा एक पटक फेरि दोस्रो संसारको चर्चा सुरु भएको छ ।

बेलायती अखबार द सनको एक रिपोर्टअनुसार एफबीआइका दस्तावेजहरुमा आकाशमा रहस्यमय वस्तु देखिएको बारेमा उल्लेख छ । साथमा १९४० को दशकदेखि युएफओका घटनामा कसरी वृद्धि भयो भन्ने बारेमा पनि उल्लेख छ । दस्तावेजमा दावी गरिएको छ कि विगत केही वर्षमा सयौं युएफओ देखिएका छन् ।

यतिमात्र होइन आकाशमा अनौठो विमान गथित रुपमा हाइपरसोनिक गति २७ हजार माइल प्रतिघण्टाको गतिमा उडिरहेको देखिएको पनि दस्तावेजमा उल्लेख छ । यस क्रममा एक पटक यो यान दुर्घटना समेत भएको थियो जसमा कोही पनि जीवित बचेका थिएनन् । दावी गरिएअनुसार दुर्घटनास्थलमा तीन शव भेटिएका थिए र यी शव एलियनका थिए ।

Europass CV in Nepal

रिपोर्टमा अगाडि भनिएको छ ‘मानव आकारका तीन जना थिए जो केवल ३ फिटका थिए । उनीहरुले धेरै पातलो बनावटका धातुका कपडा लगाएका थिए ।’ दस्तावेजमा एक–दुई होइन दर्जनौं पटक एलियन देखिएको उल्लेख छ । यो दस्तावेज जूनमा पेन्टागनको एक रिपोर्टपछि आएको छ जसमा अमेरिकाले पहिलो पटक स्वीकार गरेको छ कि अज्ञात वस्तुहरुलाई एलियनको उडन तश्तरी मानिएको थियो ।

Europass CV in Nepal