मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

नेपाली पासपोर्टको हालत सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराकसंग जस्तै

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं : नेपालको राहदानी संसारकै कमजोर भएको पाइएको छ। ६ महिनाअघि उत्तर कोरियाभन्दा बलियो देखिएको नेपालको राहदानी अहिले झन् कमजोर भएको हो।

बेलायती संस्था ‘पासपोर्ट इन्डेक्स’ले गरेको पछिल्लो अध्ययनअनुसार नेपालको राहदानी १०६ नम्बरमा रहेको छ। नेपालसँगै प्यालेस्टाइनको राहदानी पनि १०६ नम्बरमा रहँदै कमजोर सावित भएको अध्ययनले बताएको छ। कमजोर मानिएको ८ देशमध्ये नेपाल उत्तर कोरियाभन्दा एक स्थान तल रहेको छ। नेपालभन्दा मुनि सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन्। यसअघि नेपालको राहदानी उत्तर कोरियाभन्दा बलियो देखिएको थियो।

त्यस्तै सबैभन्दा बलियो पासपोर्ट जापानको रहेको छ। प्रतिवेदनअनुसार जापानपछि दोस्रोमा सिंगापुर र दक्षिण कोरिया, तेस्रोमा जर्मनी र स्पेन, चौथोमा फिनल्यान्ड, इटाली र लक्जम्वर्ग, पाँचौंमा अष्ट्रिया, डेनमार्क, नेदरल्यान्ड र स्वीडेन रहेका छन्।

त्यस्तै छैटौंमा फ्रान्स, आयरल्यान्ड, पोर्चुगल र बेलायत, सातौंमा बेल्जियम, न्युजि ल्यान्ड, नर्वे, स्वीजरल्यान्ड र अमेरिका, आठौंमा अष्ट्रेलिया, क्यानडा, चेक रिपब्लिक, ग्रिस र माल्टा, नवौंमा हंगेरी र दसौंमा लिथुनिया, पोल्यान्ड र सोभाकिया रहेका छन्।

प्रतिवेदनअनुसार जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १९३ मुलुकहरूको भ्रमण गर्न पाउँछन् भने नेपालीले ३८ मुलुकको मात्र भ्रमण गर्न पाउँछन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।