मानिसलाई देखेपछि किन बढ्छ अस्ट्रिचको यौनेच्छा, ६८ प्रतिशत अस्ट्रिचले मानिसलाई देखेर जताए यौनेच्छा

मानिसलाई देखेपछि किन बढ्छ अस्ट्रिचको यौनेच्छा, ६८ प्रतिशत अस्ट्रिचले मानिसलाई देखेर जताए यौनेच्छा

अस्ट्रिचलाई खासै समझदार जनावरको श्रेणीमा राखिन्नँ किनभने यिनीहरुको दिमाग एउटा ओखरको आकारको हुन्छ । तर जब कुरा यौन सम्बन्धको आउँछ तब उनीहरु त्यति मुर्ख पनि हुँदैनन् । कतिपटक यी अस्ट्रिच आफ्नो सामान्य यौन प्रक्रियालाई छोडेर मानिससँग सम्बन्ध बनाउने प्रयास गर्छन् । जुन उनीहरुको निश्चित जैविक प्रक्रियाको अवधारणालाई तोड्ने गर्छ ।

सन् १९९० को दशकमा अस्ट्रिच पाल्ने किसानहरुले मानिस आसपास हुँदा यिनीहरुको यौन प्रक्रिया सम्बन्धि व्यवहार फेरिने कुरा याद गरेका थिए । मानिसहरु अगाडि हुँदा उनीहरुले धेरै प्वाँख हल्लाउँछन् । उठबस गर्छन् । आफ्नो गर्धनलाई माथि उठाएर यौन नृत्य (मेटिङ डान्स) गर्छन् । भन्नुको अर्थ यो हो कि जब किसान यी अस्ट्रिचको नजिकै बस्दथे तब यिनीहरुले आफ्नो यौन सम्बन्धि प्रक्रियालाई बढाउने गर्दथे ।

वैज्ञानिक पनि यिनीहरुको यस्तो व्यवहार देखेर चकित परेका थिए । उनीहरुले यसबारे अनुसन्धान किन नगर्ने त भन्ने सोचे । त्यसपछि वैज्ञानिकले बेलायतको दुईवटा अस्ट्रिच फार्ममाथि निगरानी राख्न सुरु गरे । एउटा फार्ममा निकै नजिकबाट निगरानी राखिँदै थियो भने अर्कोलाई अलि परबाट । यसमार्फत् मानिसको उपस्थितिमा अस्ट्रिचको यौन व्यवहारमा कस्तो परिवर्तन आउँछ भनेर पत्ता लगाउने कोसिस गरिएको थियो । यस सम्बन्धि स्टडी रिपोर्ट र यसको परिणाम ब्रिटिश पोल्ट्री साइन्स जर्नलमा प्रकाशित भएको छ ।

Europass CV in Nepal

पोथी अस्ट्रिचले यसकारण गर्न बढी यौन आग्रह

यो अनुसन्धान गर्ने समूहले आफ्नो शोधमा लेखे अनुसार नजिकबाट गरिएको निगरानीमा यो कुराको खुलासा भएको छ कि पोथी अस्ट्रिचले यौन सम्बन्ध बनाउनका लागि बढी आग्रह गरेको देखियो । जबकी टाढाबाट गरिएको शोधमा यो प्रक्रिया कम देख्न पाइयो । यो अनुसन्धान दुई वर्षसम्म चल्यो । दुई वर्षससम्म पोथी अस्ट्रिचको व्यवहार यस्तै रह्यो । मानिसलाई नजिक देखेर पोथी अस्ट्रिचले यौन सम्बन्ध स्थापित गर्नका लागि बढी आग्रह गरिरहेको देखियो । जब मानिस वरिपरि हुँदैनथे, यिनीहरुले यस्तो व्यवहार निकै कम देखाउँथे ।

६८ प्रतिशत अस्ट्रिचले मानिसलाई देखेर जताए यौनेच्छा

यद्यपि, केही पोथी अस्ट्रिचले मानिसलाई देखेर खासै केही प्रतिक्रिया देखाएनन् । तर धेरैजसोले आग्रहलाई बढाएका थिए । एक फार्ममा ६८ प्रतिशत अस्ट्रिचले मानिसलाई देख्ने बित्तिकै यौन इच्छाको प्रबल प्रदर्शन गरे । अस्ट्रिचले आफ्नो यौनेच्छा पुरा गर्नका लागि मानिस भएठाउँ अघि बढेको धेरै पटक देखियो । यसका लागि प्रयास गरिरहे । विशेषगरी ती अस्ट्रिच जुन वयस्क भइरहेका थिए ।

अनुसन्धानमा अर्को रोचक कुरा के पत्ता लागेको छ भने भाले अस्ट्रिच जब मानिसलाई आफ्नो यौनेच्छाको प्रदर्शन गर्छ, तब पोथीले उसको यौन नृत्यलाई स्वीकार गर्दैन । भाले अस्ट्रिचको इच्छा पोथीले मानेको निकै कम घटना हुन्छ । यस्तै, पोथी अस्ट्रिचले मानिसलाई देखेपछि यौन सम्बन्धका लागि गर्ने आग्रहको खोजीमा हुन्छन् भाले अस्ट्रिच । मानिसलाई देखेर पोथी अस्ट्रिचले आग्रह गर्ने बित्तिकै भाले अस्ट्रिचले पोथीसँग सम्बन्ध बनाउने गर्छ ।

 

Europass CV in Nepal