मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

म हजारौं मान्छेका अगाडि नाङ्गो हुन सक्छु : रणवीर सिंह

Himali Patrika 1 मिनेट पढाइ

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह आफ्ना विभिन्न हर्कतका कारण चर्चामा रहन्छन्। पेपर म्यागजिनका लागि ‘न्युड’ फोटोसुट गरेर उनी फेरि चर्चामा छन्। यसअघि न्युड फोटोसुट गरेर चर्चामा रहने अभिनेत्रीहरुलाई पछि पार्दै अभिनेता सिंहले आफ्नो जीवनका विभन्न पक्षबारे खुलेर बताएका छन्।

पेपर म्यागजिनसँग कुरा गर्दै उनले आफू हजारौं मान्छेको अगाडि नाङ्गो हुनुसक्ने बताए। उनलाई आफू नाङ्गिनुभन्दा पनि त्यहाँ उपस्थित हुनेहरु असहज हुनसक्ने बताए।

‘शारीरिकरुपमा नग्न हुनु मेरो लागि धेरै सजिलो कुरा हो। मेरो आत्मालाई हेर्नुस्, त्यो कति नाङ्गो हो?,’ उनले प्रश्न गरेका छन्, ‘म हजारौं मान्छेका अगाडि नाङ्गो हुन सक्छु। यो मात्र हो कि तिनीहरु असहज हुन्छन्,’ उनले भने।

दीपिका पादुकोनका श्रीमानसमेत रहेका उनले बलिउडमा हिट फिल्महरु दिएका छन्। ब्यान्ड बाजा बारातबाट बलिउडमा डेब्यु गरेका सिंहले बाजी राव मस्तानी, पद्मावत, सिम्बा, गल्ली ब्वाय, सूर्यवंशी, ८३ लगायत फिल्ममा अभिनय गरेका छन्। उनी अभिनित सर्कस र रकी और रानीकी प्रेम कहानी नाम फिल्म निर्माणका क्रममा रहेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।