रातको समयमा आकाशमा लस्करै लाइट बालेर उड्ने बस्तु के हो ?

रातको समयमा आकाशमा लस्करै लाइट बालेर उड्ने बस्तु के हो ?

दाङ। हिजो बैशाख २० गते दाङको आकाशमा एकाएक लस्करै केही बस्तु उडेको देखेपछि सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया देखाए। सामान्य हवाईजहाज एउटा मात्र लाइट बालेर उड्ने गरिरहेको अवस्थामा लस्करै लाइट बालेर बस्तु उडेको देखेपछि धेरैलाई आश्चर्य लग्नु स्वाभाविकै हो। 

तपाइलाई थाहा नहोला आकाशमा लस्करै लस्करै उड्ने उक्त बस्तु विश्वकै धनाढ्य व्यक्ति एलन मस्क  विश्वभर इन्टरनेटको पौँच पुर्याउन भू-उपग्रहमा प्रक्षेपण गरिएका स्टारलिंक स्याटेलाइट हरु हुन्। जसलाई स्टारलिंक स्याटलाइट ट्रेन पनि भन्ने गरिन्छ। एलन मस्कले प्राय हरेक महिना जसो आफ्नो फाल्कन-९ रकेटमार्फत यी उपग्रहहरूलाई अन्तरिक्षमा  प्रक्षेपण गर्दै आएका छन्। 

स्टारलिंक स्याटेलाइट के हो ?

Europass CV in Nepal

स्टारलिंक एलन मस्कको कम्पनी स्पेस एक्सले सञ्चालनमा ल्याउन लागेको एउटा स्याटलाइट नेटवर्कको नाम हो जसले विश्वभर उच्च गतिको इन्टरनेट पहुँचको लागि  काम गरिरहेको छ। विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रहरूका लागि ब्रोडब्यान्ड कभरेज प्रदान गर्दछ।

आगामी केही वर्षहरूमा स्पेस एक्सले कम्तिमा  १२ हजार  स्टारलिङ्क स्याटेलाइट भू-उपग्रहमा पठाउने योजना बनाएको छ। यसले फाइबर अप्टिकल केबल इन्टरनेट भन्दा ४७ प्रतिशत तीब्र गतिमा इन्टरनेट सेवा प्रदान गर्ने छ। 

सन २०१५ मा स्पेस एक्सले सञ्चालक एलन मस्कले भूउपग्रहमा स्टारलिङ्क  पठाउने घोषणा गरेका थिए। मस्कले पृथ्वीको तल्लो कक्षामा ४ हजार भन्दा बढी स्याटेलाइट राख्ने राख्नको लागि अन्तर्राष्ट्रिय नियामकहरूसँग कागजात पेश गरिसकेको छन् । 

स्टारलिंक इन्टरनेटको मूल्य कति छ, कसले प्रयोग गर्ने ?

हालको इन्टरनेट प्रदायकहरूको तुलनामा, स्टारलिंक धेरै सस्तो हुनेछैन । अमेरिकामा कम्पनीले उपभोक्ताबाट $९९ शुल्क लिन्छ । जडानको लागि डिश र राउटर चाहिन्छ, जसको लागत $५४९ छ ।

तर बेलायतमा हाल ९६ प्रतिशत मानिससँग द्रुत इन्टरनेट छ । अमेरिका र युरोपेली संघका ९० प्रतिशत घरमा यो सुविधा छ ।

‘धेरै विकसित देशहरूसँग पहिले नै राम्रो जडानहरू छन् । तिनीहरू पैसा कमाउनको लागि बजारको सानो भागमा भर पर्छन्,’ लन्डनको अन्तरिक्ष नीति र कानून विश्वविद्यालयका प्रोफेसर सईद मोस्टेसर भन्छन् । ३६ देशमा ४ लाख ग्राहक रहेको कम्पनीले जनाएको छ । तीमध्ये अधिकांश उत्तर अमेरिका, युरोप र अष्ट्रेलिया र एसियामा छन् । यसमा व्यापार र घर प्रयोगको लागि जडानहरू समावेश छन् ।

अर्को वर्षको लागि, स्टारलिंकले अफ्रिका र दक्षिण अमेरिका र एशियाका क्षेत्रहरूमा पुग्ने योजना बनाएको छ, जहाँ इन्टरनेट सेवा राम्रो छैन । क्रिस हलका अनुसार, ‘स्टारलिङ्कले अफ्रिकी घरहरूको लागि बढी खर्च गर्न सक्छ । तर यसले ग्रामीण क्षेत्रका विद्यालय र अस्पतालहरूमा इन्टरनेट पहुँच पुर्‍याउन मद्दत गर्नेछ ।’

के स्टारलिंकले स्पेस क्राउड गरेको छ ?

स्टारलिंकका प्रतिद्वन्द्वी कम्पनीहरू वानवेब र भियासाट हुन् । यी दुवै स्याटेलाइट इन्टरनेट सेवा हुन् र हजारौं उपग्रह तल्लो पृथ्वीको कक्षमा पठाइएको छ । ‘टक्करको जोखिमको कुरा गर्दा, तिनीहरूका कारण ठाउँ असुरक्षित बन्दै गएको छ र तीव्र गतिका कारण क्षति धेरै हुन सक्छ,’ सइद मोतेशहर भन्छन् ।

पछिल्लो समय स्टारलिंक स्याटलाइट अर्को स्याटेलाइटको धेरै नजिक आइपुगेका घटनाहरू भएका छन्। तीमध्ये एक चिनियाँ अन्तरिक्ष स्टेशनको नजिक पुगेका थिए । डा किङ भन्छन्, ‘यदि त्यहाँ धेरै वस्तुहरू तैरिरहेका छन् भने भविष्यमा अर्थ अर्बिटको प्रयोग गर्न गाह्रो हुनेछ, र दिशात्मक र दूरसञ्चार उपग्रहहरू भएकाले तिनीहरूलाई उच्च कक्षमा लैजान पनि गाह्रो हुनेछ ।’

स्टारलिंक उपग्रहहरूले पनि अन्तरिक्ष यात्रीहरूलाई समस्या निम्त्याउँदैछन् । तिनीहरू सूर्योदय र सूर्यास्तको समयमा सजिलै देख्न सकिन्छ । यसले टेलिस्कोपबाट खिचिएका तस्विरहरूमा प्रभाव पार्छ किनभने यसले तारा र ग्रहहरू हेर्न गाह्रो बनाउँछ । एजेन्सीको सहयोगमा 

Europass CV in Nepal