१० हजार रुपैयाँ दिएर पोलियो विद्युत् प्रसारण लाइनमा रहेको अरिङ्गालको गोलाे

१० हजार रुपैयाँ दिएर पोलियो विद्युत् प्रसारण लाइनमा रहेको अरिङ्गालको गोलाे

काठमाण्डौ ।काठमाण्डौको मातातीर्थमा विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गाेलाे विद्युत् प्राधिकरणले मान्छे लगाएर पोलेको छ । तीन जना मान्छेलाई पारिश्रमिक दिएर आज बेलुका अरिङ्गालको गाेलाे पोलिएको काठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले उज्यालोलाई जानकारी दिनुभयो ।

‘तीन जनाले गाेलाे पोल्नुभएको छ, अब भोलि बिहानदेखि हामीले तार जडानको काम थाल्छौँ ’ लोहनीले भन्नुभयो । उनीहरुले मागेअनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएको प्राधिकरणले जनाएको छ । अरिङ्गालको गोलोका कारण काठमाण्डौको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको थियो ।

मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिङ्गालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मुख्य ठाउँ) जडान गर्न समस्या भएपछि प्राधिकरणले अरिङ्गाल पोल्ने मान्छेको समेत खोजी गरेको थियो ।

Europass CV in Nepal

Europass CV in Nepal