मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

यो हो ३ करोड पर्ने संसारकै महंगो भेँडा

Himali Patrika 1 मिनेट पढाइ

एउटा भेडाको मूल्य कति पर्ला ? संसारमा सबैभन्दा महंगो भेडाको मूल्य कति छ होला ? सायद तपाइँले कल्पना गर्न पनि गाह्रो पर्ला कि संसारको सबैभन्दा महंगो भेडाको मूल्य ३ करोड रुपैयाँ भन्दा धेरै छ ।

हृालै अस्ट्रेलियामा एक एलिट अस्ट्रेलियन ह्वाइट सिन्डिकेट नश्लको एउटा भेडा ३ करोड २० लाख रुपैयाँ बराबरको मूल्यमा बिक्रि भएको छ ।

आफ्नो भेडाको मूल्य सुन्दा सुरुमा त भेडा मालिक ग्राहम गिलमोरलाई पत्यार नै लागेन । आफुलाई आफ्नो भेडाको त्यतिधेरै मूल्य पर्ला भनेर सपनामा पनि नसोँचेको उनको भनाई छ ।

आखिर त्यो भेडामा खास त्यस्तो के छ र त्यसको मूल्य करोडौँ परेको होला ? वास्तवमा अष्ट्रेलियन ह्वाइट भेडा एक विशेष नश्लको भेडा हो, जसको माग निकै धेरै छ । किनकी यसमा मोटो ऊन निकै कम मात्रामा पाइन्छ । यो विशेष नश्लनको भेडाको प्रयोग ऊनका लागि भन्दापनि मासुका लागि गरिन्छ ।

अष्ट्रेलियाको सेन्ट्रल न्यू साउथ सेलमा बिक्रि भएको उक्त भेडाले अघिल्लो वर्षको रेकर्ड तोडेको हो । सन् २०२१ मा यहीँ जातको एउटा भेडा २ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्रि भएको थियो ।

एउटा भेडाको करोडौँ मूल्य पर्ने तथ्यले पनि अष्ट्रेलियामा भेडापालनको कारोबार कुन उचाइँमा छ भन्ने बुझ्न सकिन्छ । सरीरमा कम ऊन भएको भेडा अष्ट्रेलियन वातावरणमा उपयुक्त मानिन्छ । यो भेडाको हेरचाह गर्न निकै सजिलो हुन्छ र सरीरको वृद्धि विकास पनि निकै छिटो हुन्छ । ३ करोड २० लाख रुपैयाँ रुपैयाँ परेको उक्त भेडाको जिन प्रयोग गरेर अन्य भेडाको नश्लमा सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । एजेन्सी

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।