४३ करोड बढी मूल्य पर्ने गढीसहित दिल्ली विमानस्थलबाट पक्राउ

४३ करोड बढी मूल्य पर्ने गढीसहित दिल्ली विमानस्थलबाट पक्राउ

काठमाडौं । भारतको भन्सार विभागले महंगो मूल्यका ७ घडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । दुबईबाट दिल्ली आएका उनलाई घडी तस्करीको आरोपमा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Image Source : INDIA TV

उनको साथबाट बरामद भएको घडीमा हिरा जडित ज्याकब एण्ड कम्पनीको घडी समेत छ । यसको मूल्य २७ करोड भारु अर्थात ४३ करोड नेपाली रुपैयाँभन्दा धेरै पर्छ । भन्सार अधिकारीहरुका अनुसार पाँच रोलेक्स र एक पियागेट लाइफटाइम स्टेला घडी पनि बरामद भएको छ ।

Image Source : INDIA TV

हिरा जडित बिलिनियर थ्री घडी बनाउने ज्याकब एण्ड कम्पनीको वेबसाइटका अनुसार यो पहिलो पटक २०१५ मा सार्वजनिक गरिएको थियो । एमराल्ड कट डायमण्डले सजाइएको यो घडीको तौल २६० क्यारेट छ ।

Europass CV in Nepal

Image Source : INDIA TV