मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

४३ करोड बढी मूल्य पर्ने गढीसहित दिल्ली विमानस्थलबाट पक्राउ

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । भारतको भन्सार विभागले महंगो मूल्यका ७ घडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । दुबईबाट दिल्ली आएका उनलाई घडी तस्करीको आरोपमा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Image Source : INDIA TV

उनको साथबाट बरामद भएको घडीमा हिरा जडित ज्याकब एण्ड कम्पनीको घडी समेत छ । यसको मूल्य २७ करोड भारु अर्थात ४३ करोड नेपाली रुपैयाँभन्दा धेरै पर्छ । भन्सार अधिकारीहरुका अनुसार पाँच रोलेक्स र एक पियागेट लाइफटाइम स्टेला घडी पनि बरामद भएको छ ।

Image Source : INDIA TV

हिरा जडित बिलिनियर थ्री घडी बनाउने ज्याकब एण्ड कम्पनीको वेबसाइटका अनुसार यो पहिलो पटक २०१५ मा सार्वजनिक गरिएको थियो । एमराल्ड कट डायमण्डले सजाइएको यो घडीको तौल २६० क्यारेट छ ।

Image Source : INDIA TV

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।