भारतमा छ एउटा करोडपतिको मात्र गाउँ , यहाँ हरेक मानिससँग छ अपार सम्पत्ति

भारतमा छ एउटा करोडपतिको मात्र गाउँ , यहाँ हरेक मानिससँग छ अपार सम्पत्ति

हालसालै भोकमरी सूचकाङ्कको प्रतिवेदन सार्वजनिक भएको छ जसमा भोकमरी सूचकाङ्कमा भारतको स्थिति पाकिस्तानभन्दा खराब रहेको बताइएको थियो । भारतले तथ्यांक गलत भएको र भारतको अन्तराष्ट्रिय रुपमा अपमान गर्ने कुनै आइएनजीओले यस्तो गरेको आरोप लगाउँदै आएको छ।

कोरोनाको महामारी होस् या रुस युक्रेन युद्ध भारतले विश्व बजारलाई खाद्य आपूर्ति गरेको छ। भारतलाई अन्तराष्ट्रिय संघसंस्थाहरुले भोकमरी सूचकाङ्कको निम्न स्थरमा राखिरहँदा भारतमा  एउटा यस्तो गाउँ छ  जहाँ बस्ने हरेक व्यक्ति करोडपति छन् । सबैभन्दा ठूलो कुरा यो हो कि हामी यहाँ भारतका ठूला शहरहरू जस्तै मुम्बई, दिल्ली र कोलकाताको कुरा गरिरहेका छैनौं। बरु हामी भारतको एउटा गाउँको कुरा गर्दैछौं जसको बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

भारतको एक मात्र करोडपतिको त्यो गाउँ महाराष्ट्रको अहमदनगर जिल्लामा छ। यस गाउँको नाम हिवरे बजार गाउँ हो। तर, यस गाउँमा बसोबास गर्ने मानिसको यस्तो अवस्था पहिले थिएन । सन् १९९० मा यहाँ बसोबास गर्ने जनताको अवस्था निकै नाजुक थियो । त्यतिबेला यहाँका अधिकांश परिवार गरिब किसान थिए । यो गरिबीको सबैभन्दा ठूलो कारण यो गाउँमा पानीको स्रोत थिएन। तर अहिले यी गाउँलेहरूको भाग्य फेरिएको छ र यहाँ बसोबास गर्ने करिब ३०५ परिवारमध्ये ८० प्रतिशतभन्दा बढी करोडपति छन् ।

Europass CV in Nepal

धेरै कम मानिसहरूलाई थाहा छ कि आज यो गाउँ सधैं जस्तो थिएन। वास्तवमा, ७० – ८०  को दशकमा यो गाउँमा ठूलो खडेरी आएको थियो । यहाँको अवस्था यति नाजुक थियो कि यहाँका मानिसहरूलाई पिउने पानी पनि थिएन। गाउँबाट मानिसहरु पलायन हुन थालेका थिए   तर त्यही बीचमा गाउँमा छाडेर गएका केही मानिसले गाउँको समस्या अन्त्य गर्ने निधो गरे । त्यसपछि सन् १९९० मा ‘संयुक्त वन व्यवस्थापन समिति’ गठन भयो । जसअन्तर्गत श्रमदानमार्फत गाउँमा इनार खने र रुख रोप्ने काम सुरु गरे ।

त्यसपछि सरकारको योजना अनुसार र आलु–प्याजल गायत विभिन्न कृषि खेती यहाँका जनताको आम्दानीको स्रोत बनेको छ । जसका कारण गाउँका हरेक घरमा समृद्धि छाएको छ। यससँगै गाउँलेहरुको मिहिनेत देखेर सरकारले पनि रकम दिन थालेको छ । सन् १९९४-९५ मा सरकारले ‘आदर्श ग्राम योजना’ सुरु गर्‍यो, जसले यस कार्यलाई गति दियो। आज यो गाउँमा ३ सय ४० वटा इनार छन् र पानीको सतह पनि उल्लेख्य बृद्धि भएको छ ।

गाउँमा एउटा पनि लामखुट्टे छैन

यस गाउँमा समृद्धिसँगै सरसफाइको पनि ख्याल गरिएको छ । जसका कारण यो गाउँमा एउटा पनि लामखुट्टे पाउँदैन । यस गाउँमा न पिउने पानीको अभाव छ न हरियालीको अभाव । सबैभन्दा राम्रो पक्ष यो हो कि यस गाउँमा गर्मी पनि वरपरका गाउँहरूको तुलनामा कम छ। यस गाउँमा बस्ने ५० भन्दा बढी परिवारको वार्षिक आम्दानी १० लाखभन्दा बढी हुनेगरेको भारतीय मिडियामा रिपोर्ट छ ।

तीन परिवार मात्र गरिबीको रेखामुनि छन्
यस गाउँमा गरिबीको कुरा गर्दा गरिबीको रेखामुनि रहेका तीनवटा मात्रै परिवार छन् । तर सन् १९९५ मा करिब १६८ परिवार गरिबीको रेखामुनि थिए । पछि सन् १९९८ मा यो सर्वेक्षण गर्दा अहिले यी परिवारको संख्या ५३ पुगेको पाइएको थियो । अर्कोतर्फ अहिलेको कुरा गर्ने हो भने यहाँ तीनवटा मात्रै गरिबीको रेखामुनि रहेका परिवार छन् ।

Europass CV in Nepal