अस्पतालमा कसरी राखिन्छ शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर ?

अस्पतालमा कसरी राखिन्छ शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर ?

काठमाडौँ । शताब्दी वर्षका साहित्यकार सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन, उनको शव किस्ता अस्पतालमा बुझाइएको छ । जोशीको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिएको छ । अपराह्न ४ बजे शव पुनः अस्पतालमा बुझाइएको छ । उनको शव थप अध्ययनका लागि अस्पतालले सुरक्षित राख्नेछ । जोशीले ३० जनवरी २०१७ मा शव अध्ययनका लागि ललितपुर महानगरपालिकाको रोहबरमा रहेको किष्ट अस्पतालमा दिने सहमति गरेका थिए ।

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जोशीको १०३ वर्षको उमेरमा निधन भएपछी उनको पार्थिव शरीरलाई  किस्ट अस्पतालको जिम्मा लगाईएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालय परिसरमामा राखेपछि शव पुनः अस्पतालको जिम्मा लगाईएको छ। उनको शरीरलाई अव अध्ययनका लागि अस्पतालले संरक्षण गरेर राख्नेछ। जोशीले ०७७ माघ ३० गते नै ललितपुर महानगरपालिकाको रोहबरमा आफ्नो शरीर अध्ययनका लागि किष्ट अस्पताललाई दिन सम्झौता गरेका थिए।

जोशीले ‘आफु यति धेरै बाँच्नुको कारण के हो?’ भन्ने विषयमा अस्पतालले अध्ययन गरोस भन्ने चाहेका थिए। आफ्नो शरीर अस्पताललाई दिने सम्झौता गर्ने क्रममा उनले भनेका थिए–‘संस्कृतमा एउटा श्लोक छ जीवेम शरदं शतम’ भन्ने, सोहीअनुसार पनि म १०० वर्ष त बाँचिसकेँ। यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो? मुटुको अवस्था कस्तो छ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं।’

Europass CV in Nepal

उनको इच्छा अनुसार नै अव अस्पतालले उनको शरीरका हरेक अंगको अध्ययन गर्ने अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले बताए। अध्ययनको उदेश्य पुरा भएपछि शवको दाहसंस्कार गरिने छ। तर, त्यसबारे कसैलाई जानकारी नदिईने जनाईएको छ।

अध्ययन गर्ने समय लामो हुने र वर्षौं लाग्न सक्ने उनले बताए। अध्ययनबाट खुलेका तथ्यहरू अन्य शिक्षण अस्पतालमा पनि पठाउने उनले जानकारी दिए। अस्पतालका अनुसार आजबाटै जोशीको शव हेर्न अनुमति सर्वसाधरणलाई छैन। परिवारका सदस्यलाई पनि त्यो अनुमति नहुने पाठकले बताए।

किष्ट शिक्षण अस्पतालले जोशीको पार्थिव शरीरलाई अस्पताल परिसरकै आधारभूत साइन्स भवनको हलमा राख्ने निर्णय गरेको छ । अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शरीर अध्ययनका लागि अस्पतालको बेसिक साइन्स ल्याब रहेको भवनमा राखिने बताए । अस्पतालमा जोशीको शरीर रहे पनि सर्वसाधरणले भने हेर्न पाउने छैनन् । मेडिकल क्षेत्रका अनुसन्धानकर्ताले अनुमति लिएर मात्रै हेर्न र अध्ययन गर्न पाउने निर्देशक बज्राचार्यले बताए । उनले भने, “परिवारले नै हामीलाई गोपनीयता र सम्मानस्वरूप राखिदिनुस् भन्नुभएको छ र मेडिकल ‘इथिक्स’को पनि कुरा हुन्छ ।”

आज बिहान सात बजेर नौ मिनेटजाँदा दुःखद निधन भएका जोशीको चिकित्सा प्रणाली पूरा गरेर मध्याह्न अस्पतालमा आधा घण्टा श्रद्धाञ्जलिका लागि राखिएको थियो । त्यसपछि ललितपुर महानगरपालिका प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलिका लागि साँझसम्म राखियो । त्यहाँ प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका शीर्ष नेता, साहित्यकार एवं शुभेच्छुक सर्वसाधारणको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो । स्व जोशीलाई राष्ट्रिय सलामी अर्पण गरी अन्तिम बिदाइ गरिएको थियो ।

श्रद्धाञ्जलिपछि परिवारले जोशीको पार्थिव शरीर किष्ट अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ । अन्त्येष्टि नगरिए पनि त्यसबाहेकका अन्य संस्कार विधिपूर्वक पूरा गरिने उनका जेठा छोरा अणुराज जोशीले बताए । आफूहरुको इच्छाअनुरुप बुबाको शरीर अस्पतालाई दिइएको उनले उल्लेख गरे ।

“मरणोपरान्त अस्पतालमा अध्ययन गर्नका लागि शरीर दान गर्ने बुबा (स्व जोशी) को इच्छा अनुरुप लेखेरै दिनुभएको थियो, मैले पनि हस्ताक्षर गरेको हुँ, सोही अनुरुप शवअस्पताललाई हस्तान्तरण गरिएको छ”, उनले भने, “बुबाको इच्छा त केही नगर्नु भन्ने थियो, ९९ वर्षीया आमाको पनि सोही इच्छा छ तर, अन्तिम दाहसंस्कार बाहेक भोलिदेखि अन्य संस्कार गर्छौँ होला । पुरोहितसँग सल्लाह गरेर बाँकी काम सक्छौँ”, उनले भने ।