उड्यो विश्वकै पहिलो इलेक्ट्रिक विमान ‘एलिस’

उड्यो विश्वकै पहिलो इलेक्ट्रिक विमान ‘एलिस’

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले बनाएको यो अल इलेक्ट्रिक विमानलाई एलिस नाम राखिएको छ ।

एलिसको निर्माता, इभिएशन एयरक्राफ्टको मुख्यालय वाशिंगटनमा भएता पनि विमान इजरायलमा विकसित गरिएको हो । इभिएशनको स्थापना २०१६ मा ओमेर बार-योहे र एभिभ टिजिडोनले गरेका थिए ।

Europass CV in Nepal

आफ्नो पहिलो उडानमा, एलिसले बिहान ७ बजेर १० मिनेटमा ३५०० फिटको उचाइमा ८ मिनेटसम्म सुरक्षित हावामा रहयो र त्यसपछि सामान्य अवतरण भयो । यो विमान २५० माइलसम्म उड्न सक्ने गरी डिजाइन गरिएको छ ।

यसमा नौ जना यात्रु र एक वा दुई पाइलटहरुको लागि ठाउँ राखिएको छ र ४ टनभन्दा बढी तौल भएको टेस्ला-शैलीका २१,५०० भन्दा बढी ब्याट्री सेलहरूद्वारा संचालित गरिएको छ ।

के छन् यस जहाजका विशेषता?
कम्युटर प्लेन, जसलाई एलिस पनि भनिन्छ, इजरायली-अमेरिकी स्टार्टअप एभिएसनद्वारा निर्माण गरिएको हो। प्रायः इलेक्ट्रिक हवाइजहाजहरू आर्थिक रूपमा धेरै दिगो रहेको मानिन्छ। किनकि यी जहाजहरु सञ्चालन गर्न धेरै सस्तो पर्दछ। विद्युतीय हवाइजहाजलाई सर्वसाधारणले सजिलै प्रयोग गर्न सक्ने गरी डिजाइन गरिएको छ । यी  हवाइजहाजमा १९ सिट हुने र विद्युतीय मोटर पखेटा चलाउन पर्याप्त हुनेछ । विद्युतीय हवाइजहाज सस्तो र कम उत्सर्जन हुने विमान हुन्।

अहिले विमानको क्षेत्रमा धेरै क्रान्तिकारी आविष्कारहरू भइरहेका छन्। जसको एउटा उदाहरण यो विमानको आविष्कार पनि हो । यतिबेला कम्पनीहरूले यति धेरै आधुनिक प्रविधि प्रयोग गरिरहेका छन्, जसअन्तर्गत अब हवाइजहाजलाई इन्धनले होइन, विद्युतीय मोटरबाट पनि चलाउन सकिन्छ । यी मध्ये एउटा संघीय उड्डयनको विद्युतीय यात्रुवाहक विमान हो जसले क्षेत्रीय उडान विकासमा बाधा पुर्‍याउने परिचालन लागत, उत्सर्जन र आवाज जस्ता समस्याहरू समाधान गर्छ। विद्युतीय यात्रुवाहक विमान यात्रुका लागि मात्र नभई मालबाहक विमानका लागि पनि डिजाइन गरिएको छ । संघीय उड्डयनले २०२७ सम्ममा व्यावसायिक प्रयोगका लागि सबै विद्युतीय हवाइजहाजहरू प्रयोग गर्न सक्नेछ।

Europass CV in Nepal