मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

चीनमा छ एउटा यस्तो बाँध जसले पृथ्वीको परिक्रमाको गतिलाई नै ‘सुस्त’ बनाएको छ

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी। चीनले २२ हजार ५ सय मेगावाट क्षमतायुक्त ‘थ्री गर्जेज’ बाँध सन् २००३ मा बनायो। अहिले यसलाई विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध मानिन्छ। यो परियोजना १९९४ मा सुरु भएको थियो। जब चीनले अत्यधिक बढ्दो जनसंख्याको माग पूरा गर्न ऊर्जा उत्पादनका लागि हरियाली र अधिक प्रभावकारी तरिका खोजिरहेको थियो। साथै, देशभरि प्रविधिको वृद्धि भएको थियो।

यो बाँध पनि अर्को महत्वपूर्ण उद्देश्यले निर्माण गरिएको थियो। याङ्जी नदीको आकारका कारण स्थानीयले बाढीको सामना गरिरहेका थिए। विशेषगरी वर्षायाममा लाखौं बासिन्दालाई प्रभावित पारेको थियो। बाँध हुबेई प्रान्तभित्रका मानिसका जीवनस्तर सुधार गर्न निर्माण गरिएको थियो। तर, यसले पृथ्वीको परिक्रमा पनि सुस्त बनायो।

बाँधले पृथ्वीलाई परिक्रमा गर्न ढिलो गर्न सक्छ?

धेरै मानिसले आफ्नो निर्णय गर्नुपूर्व यसबारे कम्तिमा तीनपटक सोच्नेछन् किनभने यो घटनाबारे पहिलोपटक सुन्दा सबैको यस्तै प्रतिक्रिया आउने गर्छ। बाँध निर्माण गर्दा यसमा अत्याधुनिक प्रविधि जस्तै, अत्याधुनिक हाइड्रो टर्बाइन उच्च दक्षतासाथ डिजाइन गरिएको थियो।

बाँधको पछाडिको वास्तुकला यति राम्रो छ कि यसले ३९ हजार अर्ब किलो पानी (१० हजार अर्ब ग्यालन पानी) समुद्र सतहबाट १ सय ७५ मिटर उचाइमा पु¥याउन सक्छ।

यति धेरै पानी जम्मा भएका कारण यसले यति ठूलो प्रभाव सिर्जना गर्न पुग्यो कि बाँधका माध्यमबाट पानीको उच्च मासका कारण पृथ्वी घुम्दा केही गति गुमाउँछ। यो क्षण मुख्यतयाः ग्रह वरिपरि चलिरहेको पानीको विशाल संरचना बन्ने गर्छ।

यद्यपि, यसले हामीलाई त्यति असर गर्दैन जति नासाको हिसाबमा बाँधले पृथ्वीको परिक्रमा ०.०६ माइक्रोसेकेन्डले मात्र ढिलो गर्छ। पृथ्वीको यो परिक्रमा वास्तवमा चन्द्रमाको स्थिति, भूकम्प र हालसालै प्रमाणित जलवायु परिवर्तन जस्ता अन्य कारण प्रायः सुस्त हुन्छ।

अझ चाखलाग्दो के छ भने पृथ्वीको परिक्रमाले समयलाई पनि असर गर्छ। हरेक पाँच वर्षमा दिनलाई एक मिलिसेकेन्डले लामो बनाउँछ। त्यसैले भविष्यमा दिन घन्टाले लामो हुनसक्छ। यसले उत्तरी ध्रुवलाई दुई सेन्टिमिटरले सार्न पनि सक्छ छ।

के बाँध यसको लायक थियो?

त्यतिबेला यो परियोजनामा चीनको सबैभन्दा ठूलो लगानी थियो। बाँधको कूल लागत २८ अर्ब अमेरिकी डलरभन्दा बढी थियो। ठूलो मूल्य बिन्दुबाहेक बाँधले रोकेको पानीको उच्चमात्राका कारण यसले चीनको पश्चिमी क्षेत्रभित्र साना भूकम्प सिर्जना गरेको थियो। चीनका जनतालाई सुरक्षित राख्न उक्त क्षेत्रका १३ लाख मानिसलाई बाँधबाट उत्पन्न हुने भूकम्प अस्थिर भएकाले स्थानान्तरण गर्नुपरेको थियो।

बाँध निर्माणका कारण मानिसले मातृभूमि छाड्नुका साथै ऐतिहासिक सम्पदाहरू पनि ध्वस्त पारेको छ र अहिले लोप हुने खतरामा परेका विभिन्न प्रजातिका जीवजन्तुहरूको पारिस्थितिकीय प्रणाली पनि नष्ट भएको छ।

अमेरिकी सञ्चार संस्था सिएनएनको यो लेखमा लेखकले बाँध, यसले हुबेई प्रान्तभित्रका मानिसलाई यो निर्माण हुनुअघि र पछि कसरी असर गरेको थियो भन्ने केही प्रशंसनीय तर्क दिन्छन्।

बाँधले वास्तवमा तीन प्रान्तका १ सय १४ सहर र १ हजा ६ सय ८० गाउँका बासिन्दा प्रभावित भएका छन्। त्यसबेला चीनमा कम्युनिस्ट शासन भएका कारण बाँधको विरोध गर्न बाहिर निस्केकालाई सरकारले दमन गरेको थियो। त्यहाँ बाँध निर्माण प्रक्रिया र निर्माण भएपछि यसका काम देखाउने बारे पुरानो वृत्तचित्र पर्याप्त छ। समग्रमा, बाँधले चिनियाँ जनताको जीवनस्तर सुधार गर्नुको सट्टा थप हानी पु¥याएको देखिन्छ। यद्यपि, इन्जिनियरिङका हिसाबले यो बाँध नमुना रहेको छ। क्यापिटलनेपालबाट

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।