मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

पार्टी गरेर ४० हजारको बिल नतिरी सबैजना भागेपछि रेष्टुरेण्ट मालिक तनावमा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । रेष्टुरेन्टमा ६ जनाको समूहले चर्को पार्टी गरेको थियो । तिनीहरूले त्यहाँ खाना खाए, रक्सी पिए र धेरै रमाइलो गरे। तर ४० हजारको बिल तिर्ने समय आएपछि उनीहरु सबै रेस्टुरेन्टबाट भागेका थिए । उनीहरू पछाडिको ढोकाबाट दौडिरहेको भिडियो सार्वजनिक भएको छ । यो भिडियो रेष्टुरेन्टका मालिकले सार्वजनिक गरेका हुन्।

यससँगै भागेका ग्राहकको खोजीमा सहयोग गरि ४१ हजार ४८७ रुपैयाँ (२७० पाउण्ड) बिल उपलब्ध गराउन पनि मालिकले अपिल गरेका छन् । यस विषयमा रेस्टुरेन्ट सञ्चालकले प्रहरीमा उजुरी समेत गरेका छन् । प्रहरीले अहिले उनीहरुको खोजी गरिरहेको छ ।

‘द सन’का अनुसार यो घटना बेलायतको नर्थ योर्कशायरको द सटन आर्म्स रेस्टुरेन्टमा भएको हो। जसको एक भिडियो अघिल्लो दिन सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो सार्वजनिक गर्ने रेष्टुरेन्टका मालिकले ६ जनाको समूह रेस्टुरेन्टमा आएर खानाको बिल नतिरेर भागेको बताए ।

तर, मालिकले पैसा तिर्न चेतावनी दिएका थिए र बिल नतिरे उनीहरूको भिडियो सार्वजनिक गर्ने पनि बताएका थिए । तर पनि ग्राहकले उनको कुरा सुनेनन् । त्यसपछि मालिकले रेष्टुरेन्टबाट गुपचुप रुपमा ग्राहकहरु भागेको सीसीटीभी फुटेज सार्वजनिक गरे ।

यस फुटेजमा देख्न सकिन्छ कि कसरी तीन–चार जना मानिस पालैपालो रेस्टुरेन्टबाट बाहिर निस्किरहेका छन् । जसमा महिलाहरु पनि पर्छन् । भुक्तानी नपाएको खण्डमा सोमबार बाँकी फुटेज प्रहरीलाई बुझाएर कारबाही गरिने मालिकले बताए । अहिले फरार ग्राहकहरुको खोजी भइरहेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।