मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

मिस अर्जेन्टिना र मिस पुर्टो रिकोले गरे आपसमा विवाह

Himali Patrika 1 मिनेट पढाइ

अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले आपसमा विवाह गरेका छन्। सिएनएनका अनुसार मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा विवाह गरेका हुन्।

२६ वर्षकी भरेला र २२ वर्षकी भ्यालेन्टिन डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए। आफ्नो सम्बन्धबारे उनीहरूले कसैलाई जानकारी दिएका थिएनन्।सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूहरूले बिताएका प्रेमिल क्षणहरूको भिडिओ सेयर गर्दै उनीहरूले विवाह गरेको जानकारी दिएका हुन्।

सन् २०२० मा थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा उनीहरूबीच भेट भएको थियो। उक्त प्रतियोगिताको टप १० सम्म पुगेका दुबै जना त्यसपछि साथी बनेका थिए। उनीहरू दुई जनाले विवाह गरेपछि प्रशंसकहरूले बधाई दिएका छन्। अर्जेन्टिना र पुर्टो रिकोमा समलैंगिक विवाहलाई कानुनी मान्यता दिइएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।