मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

विवाहका लागि मेकअप, ५० हजारको बिल आएपछि नतिरी भागे बेहुलीका दिदीबहिनी

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी। दुनियाँमा किस्साहरू अनेक प्रकारका सुन्न पाइन्छ। हालै एक बेहुलीले ब्युटी पार्लरमा गएर आफ्नो बिहेका लागि ५०  हजारभन्दा बढीको मेकअप गराए पैसा नतिरी भागेपछि चर्चा चुलिएको छ। यो घटना बेलायतको योर्क शहरको हो। जहाँ यी चतुर बेहुलीले ब्युटी पार्लरकी युवतीलाई मेकअप गराएपछि पागल बनाइन् । बेहुलीले आफ्नो र बहिनीको मेकअप पार्लरमा गराएकी थिइन  ।

ब्युटीपार्लर चलाउने शार्लोट ब्रिजेसले सेप्टेम्बर २८ मा एक युवतीबाट मोबाइलमा मेसेज आउँछ। मेसेजमा आफ्नो छिटै बिहे हुने र तुरुन्तै मेकअप गर्नुपर्ने लेखेको हुन्छ। ब्युटीपार्लरसंचालिका शार्लोटले उनका लागि मेकअप गरिदिने निधो गरिन। उनले करिब २ घण्टासम्म बेहुली सिङ्गार मेकअप गरिन्। मेकअप गर्न आएकी यी महिलासँगै उनकी बहिनी पनि थिइन् ।

बेहुलीको मेकअप पुरा भएपछी उनले पैसा कारमै छुटेको भन्दै पैसा लिन कार भएतिर लागिन्। उता दिदीको प्रतीक्षामा बसेकी बहिनि दिदि केही बेर सम्म पनि नआएपछि बहिनी भेट्न गइन् र दुवै जना पैसा नदिई त्यहाँबाट भागे ।

ब्युटीपार्लरका मालिक शार्लोटले योर्कशायर प्रहरीलाई घटनाबारे जानकारी गराएकी गराईसकेकी छिन् । सिसिटिभी उपलब्ध नभएको उक्त ठाउँमा ब्युटीपार्लर संचालिकाले मेकअप गर्नुपूर्व त्यी दुलहीको फोटो लिएकी थिइन ताकि मेकअप पश्चात कस्तो देखिन्छिन भनेर उनैलाई देखाउन सकियोस। प्रहरीले अहिले त्यी फोटोहरुका आधारमा दुलहीका दिदीबहिनीलाई खोजिरहेको छ। 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।