लगातार १६ दिनको यात्रापछि क्यामरामा कैद गरेका थिए हिउँ चितुवा

लगातार १६ दिनको यात्रापछि क्यामरामा कैद गरेका थिए हिउँ चितुवा

काठमाडौं । अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले गएको असोज २२ मा सगरमाथा क्षेत्रमा हिउँ चितुवालाई आफ्नो क्यामेरामा कैद गरिन् । १८ हजार फिटमाथि खिचेका फोटोहरु पावलोस्कीले आफ्नो फेसबुकमा राख्नासाथ ‘भाइरल’ बने ।

पावलोस्की प्रशंसित बनिन् । नबनुन् पनि कसरी ! अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले अति दुर्लभ जीवको सूचीमा राखेको हिउँ चितुवालाई नेपालको हिमाली क्षेत्रमा पुगेर क्यामेरामा कैद गरेकी थिइन् । संसारका केवल १२ देशमा पाइने हिउँ चितुवालाई ५४ सय मिटरमा पुगेर खिचेकी थिइन् ।

तर, पावलोस्कीभन्दा साढे दुई वर्षअघि नै सोलुका वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाले ‘घोस्ट अफ हिमालय’को नामले प्रख्यात हिउँ चितुवाको तस्वीर लिएका थिए ।मनाङ हान्निए । होटेलमा बसे । अनि बिहानदेखि साँझसम्म क्यामेरा बोकेर हिँउ चितुवाको खोजीमा निस्किए । तर, उनको क्यामेराले चितुवाको दर्शन पाएन ।

Europass CV in Nepal

आठ-आठ दिन ५५ सय मिटर वरिपरि जाँदा पनि चितुवा नभेटिएपछि चुङ्बा खाली हात फर्किए । हिउँ चितुवा सहजै नभेटिनुमा उसको स्वभाव रहेको बताउँछन् चुङ्बा । भन्छन्, ‘यो चितुवालाई हामीले हत्तपत्त देख्न सक्दैनौं । तर, उसले हामीलाई देखिरहेको हुन्छ । मान्छेलाई देखेपछि ऊ अगाडि बढ्दैन । जमिन र उसको रङ पनि एकै हुने भएकाले हामीलाई देख्न गाह्रो हुन्छ । तर, दुरबिनले नियालेर हेर्दा देख्न सकिन्छ । तैपनि अलिकति गाह्रो नै हुन्छ ।’

पहिलो प्रयास असफल भए पनि चुङ्बाको ब्रह्मले भनिरहेथ्यो, ‘हिउँ चितुवाको फोटो त जसरी पनि खिचेरै छाड्ने हो ।’ आफैंभित्रको दृढताले गर्दा चुङ्बा दोस्रो प्रयासका लागि कस्सिए । रिसर्च गरे । पहिलो प्रयासका कमजोरीहरु केलाए । र, निर्णय लिए, ‘होटेलमा बसेर बिहानदेखि बेलुकासम्म जंगल चहारेर भएन । हिउँ चितुवा भेट्न त उसकै क्षेत्रमा बास बस्नुपर्छ । यसपटक होटेलमा होइन, हिमालमै बस्छु ।’

सेप्टेम्बरको महिना । हिमालमै बस्नलाई पाल, भरिया, गाइड, खानेकुरा र लजालु हिउँ चितुवालाई कैद गर्ने क्यामेरा ।चुङ्बा मुहारमा आभा ल्याउँदै भन्छन्, ‘त्यो हिउँ चितुवा मभन्दा सय मिटरको दुरीमा मात्रै थियो ।’

हिउँ चितुवालाई देखेर चुङ्बाको गाइड आत्तिएका थिए । तर, चुङ्बालाई हिउँ चितुवासँग फिटिक्कै डर लागेन । बरु फोटो पो नराम्रो आउला कि भन्ने चिन्ता भएको अनुभव सुनाउँछन् चुङ्बा ।

फोटोग्राफर बन्ने सानैदेखिको सपनालाई चुङ्बाले ५७ वर्षको उमेरमा मात्रै आकार दिएका थिए । पर्यटकका भारी बोकेर, पर्यटन व्यवसायमा हात हालेर छोराछोरीलाई आ-आफ्नो ठाउँमा पुर्‍याएपछि चुङ्बा आफ्नो अधुरो सपना पूरा गर्नतिर लागेका हुन् ।

पाँच वर्षमै स्थापित वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा नेपालमा वाइल्डलाइफ फोटोग्राफीको भविष्यबारे भन्छन्, ‘नेपालमा जे काममा पनि भविष्य छँदैछ । तर, वाइल्ड लाइफ फोटोग्राफरलाई अलि गाह्रो छ । फोटोको कपीराइट छैन । फोटोको रेट छैन । अलिकति गाह्रो नै छ ।’

Europass CV in Nepal