बजारमा कसरी घटबढ हुन्छ सुनको मुल्य ? नेपालमा सुनको भाउ २ लाख पुग्ने संकेत

बजारमा कसरी घटबढ हुन्छ सुनको मुल्य ? नेपालमा सुनको भाउ २ लाख पुग्ने संकेत

अहिले नेपालमा सुनको भाउ इतिहासमै सबैभन्दा महंगो अवस्थामा आइपुगेको छ । २०७९ माघ १९ गते सम्म सुनको भाउ, इतिहासमै सर्वाधिक महंगो अर्थात १ लाख ८ हजार सम्म पुगेको छ । २०६४ सालभन्दा अगाडिसम्म नेपालमा सुनको मुल्य प्रति तोला १२ हजार रुपैया मात्र थियो। तर त्यसपछि यसरी तेज गतिमा यसको भाउ बढ्न थाल्यो कि केही वर्षमै सत्तरी हजार पुग्यो । र हाल १ लाख ५ हजार भन्दा बढी मुल्यमा सुनको कारोबार भइरहेको छ ।

वास्तवमा सुनको मूल्य किन यसरी बढीरहेको छ । अन्तराष्टिय र नेपाली बजारमा सुनको मुल्य के कुराले निर्धारण गर्दछ ? र आगामी दिनमा सुनको मुल्य कति सम्म पुग्ला ? आजको भिडियो हामी यस बारेमा जान्ने प्रयास गर्नेछौं ।

अन्तराष्टिय बजारमा सुनको भाउको निर्धारणका मुख्य आधारहरु
सुनको अन्तर्राष्ट्रिय मूल्य सन् १९३३ मा ३५ डलर प्रति आउन्स रहेको थियो । कालान्तरमा विभिन्न कारणहरुले सुनको मूल्यवृद्धि हुँदै सन् २०११ मा १९२४ डलरसम्म पुगेर सन् २०१६ मा १०५० डलरमा प्रतिआउन्सको मूल्यमा कारोबार भएको थियो। यसरी ९० बर्षको अन्तर्राष्ट्रिय सुनको मूल्यलाई अध्ययन गर्दा सुनको मूल्यमा धेरै नै तल–माथि भएको देख्न सक्छौं। संसारका सबै देशहरुमा सुनचाँदीको कारोबार हुँदा अन्तर्राष्ट्रिय सुनको मूल्यलाई नै आधार मानेर गर्दछन्।

Europass CV in Nepal

अमेरिका विश्वको नै सबैभन्दा बढी सुनको संचय भएको देश भएकाले न्यूयोर्कको न्यूयोर्क मर्चेन्ट एक्सचेन्ज (एनवाईएमईएक्स), र कम्बोडिटी एक्सजेन्ज (सीएमईएक्स) मा किनबेच हुने भाउले सबैभन्दा बढी प्रभाव पार्दछ । त्यसपछि लण्डन मेटल एक्सचेन्ज र लण्डनको बुलियन मार्केटको भाउ, हंगकंगको ‘चाइनीज गोल्ड एण्ड सिल्भर एक्सचेन्ज’ गोल्ड एक्सचेन्जको भाउ, ‘दुबई गोल्ड एण्ड कम्बोडिटी एक्सचेन्ज’ दुबईको कारोबारहरुको मूल्यबाट सुनको बजारमा हुने उतारचढावले विश्वको सुनचाँदीको भाउ निर्धारण गर्दछ ।

नेपालमा कसरी निर्धारण हुन्छ सुनको भाउ
नेपालमा सुनको मूल्य निर्धारण गर्न ‘सुनचाँदी दर निर्धारण समिति’ छ । अन्तर्राष्ट्रिय बजार मूल्यलाई नेपाली रुपैयाँमा रुपान्तरण गरेपछि सुन आयातमा लाग्ने भन्सार दर तथा बैंक र सुन व्यवसायीको नाफा जोडेर मूल्य तोकिन्छ । हरेक दिन विहान ११ बजेसम्म नेपाली बजारमा सुनको मूल्य निर्धारण भइसक्छ । सुनचाँदी दर निर्धारण समितिले हरेक दिन हामी १० बजेदेखि ११ बजेसम्म मूल्य निर्धारण गर्न सक्रिय हुन्छ ।

समितिले विहान ११ बजेसम्म सबै व्यवसायीलाई हरेक दिनको मूल्य जानकारी गराई सक्छ ।’ त्यसरी तोकिएको मूल्य विहान ११ बजेसम्म उपत्यकामा स्लिप वा एसएमएस मार्फत प्रत्येक व्यवसायीलाई जानकारी गराइन्छ । नेपाली बजारमा सुनको मूल्य कसरी निर्धारण गर्छ त ? नेपालमा सुनको मूल्य निर्धारण गर्दा मुख्यतः चारवटा पक्षले भूमिका खेलेका हुन्छन् ।

पहिलो : अन्तर्राष्ट्रिय बजार मूल्य
नेपालमा सुनको मूल्य निर्धारण गर्न सबैभन्दा ठूलो भूमिका अन्तर्राष्ट्रिय बजारमा भइरहेको कारोबारमा भर पर्छ । अन्तर्राष्ट्रिय बजारमा छिनछिनमा सुनको मूल्य परिवर्तन भइरहन्छ । विभिन्न अनलाइन माध्यमबाट शाक्यले त्यसको जानकारी लिइरहेका हुन्छन् । अमेरिकाको न्युयोर्कबाट सुनचाँदी मूल्यको जानकारी गराइरहने र किट्को डट कम, ब्लुमबर्ग डट कम, गोल्डप्राइस डट कम जस्ता अनलाइन हेरेर अन्तर्राष्ट्रिय बजारको मूल्य जानकारी लिने गरिन्छ ।

दोस्रो : अमेरिकी डलरको विनिमय दर,
सुनको मूल्य परिवर्तन भइरहने अर्को कारण हो– अमेरिकी डलरको सटही दर । अमेरिकी डलरको विनिमय दर दिनहुँ परिवर्तन भइरहन्छ । नेपाली रुपैयाँको अमेरिकी डलरसँगको सटही दर र अन्तर्राष्ट्रिय बजारमा रहेको सुन मूल्यको हिसाब गरिन्छ ।

तेस्रो– नेपालको भन्सार महसुल दर
अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर हिसाब गरेर निकालेको मूल्यमा सुनको भन्सार दर जोडिन्छ । जस अनुसार भन्सार दर प्रतितोला ४ हजार ९ सय र प्रति १० ग्राम ४ हजार २ सय रुपैयाँ छ । त्यसमाथि थप एक प्रतिशत नाफा राखेर नेपाली बजारमा सुनको मूल्य निर्धारण हुने गरेको छ ।

र चौथो:  बैंक र सुन व्यवसायीको नाफा ।
नाफाको रुपमा राखिएको एक प्रतिशतमध्ये बैंकलाई आधा र सुन व्यवसायीलाई आधा प्रतिशत भाग लगाइन्छ । यसरी नेपालमा चार प्रकारले सुनको मुल्य निर्धारण हुने गर्दछ । कहिलेकाहिँ माग र आपूर्ति कस्तो छ यसको आधारमा पनि भाउ तलमाथि पर्न सक्छ । सुनचाँदी व्यवसायीहरुका अनुसार कम सप्लाई भएको बेलामा सवादेखि डेढ प्रतिशतसम्म नाफा जोड्न गरिएको छ ।

सप्लाई बढी भएको बेला नाफा कम राख्ने गरिएको छ । यसरी निर्धारण भएको सुनको मूल्यमा गरगहना अनुसार कालिगढको ज्याला, जर्ती लगायत अन्य मूल्य जोडेर गहनाको मूल्य निर्धारण गरिन्छ । यहाँनेर थाहा पाउनुपर्ने अर्को कुरा के हो भने अन्तर्राष्ट्रिय बजारमा छिनछिनमा सुनको मूल्य निर्धारण हुने भए पनि नेपालमा भने दिनको एकपटक मात्र हुने गर्छ ।

कति सम्म पुग्ला सुनको मुल्य
हाल सुनको निरन्तर वृद्धिदर र अन्तराष्टिय बजारलाई नियाँल्द सुनको भाउ व्यापक बढ्न सकने बताइएको छ । विश्वमा नै सुनखानी ७५ प्रतिशत रित्तिएको र २५ प्रतिशत मात्र बाँँकी रहेको अन्तरराष्ट्रिय संचारमाध्यमले लेखिरहेका छन् । जसकारण सुन युरेनियम भन्दा पनि महत्वपूर्ण हुने र सुनको प्रयोग विशेष स्थानमा मात्र हुने आंकलन गरिएको छ । सोहि क्रममा अमोरिकाका विज्ञहरुले विश्वभर भइरहेको मूल्यवृद्धिको तुलनामा सुनको भाउ नबढेको गुनासो गरिरहेका छन् । विज्ञहरुका अनुसार प्रतिअउन्स सुन तीन हजार डलरसम्म पुग्न सक्नेछ ।

सोहि आधारमा नेपालमा पनि सुनको भाउ २ लाख रुपैयाँसमम्म पुग्न सक्ने अनुमान महासंघको रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले सुनको भाउ तत्काल नै २ लाख रुपैयाँ नपुगे पनि बिस्तारै पुग्न सक्ने बताएका छन् । विश्वमा सुनको भाउ बढिरहनु र डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै गइरहेकोले पनि सुनको भाउ बढोत्तरी हुँदै जाने महासचिव बज्राचार्यले बताएका छन् ।