मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 8 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
अर्थ वाणिज्य

नेपालमा विगत ७ महिनाको अवधिमा ४१ करोडको काजु आयात भयो

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालबाट काजु आयातमा साढे ४१ करोड रुपैयाँ बाहिरिएको छ ।भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्मको अवधिमा उक्त मूल्यको काजु आयात भएको हो ।यस अवधिमा ६लाख ३३ हजार किलोग्राम काजु आयात भएको तथ्यांकले देखाएको छ । काजु आयातकर्ताले यसबापत राज्यलाई २० करोड रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले विदेशबाट १ अर्ब १७ करोड रुपैयाँको काजु आयात गरेको थियो । उक्त अवधिमा नेपालमा १४ लाख किलोग्राम काजु भित्रिएको थियो । यस्तै, यसबापत राज्यले ३७ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।

उक्त अवधिमा नेपालमा सबैभन्दा धेरै चीन, भारत, नाइजेरिया, सिंगापुर लगायतका देशबाट काजु आयात भएको थियो । भारतबाट सबैभन्दा धेरै ५० करोड रुपैयाँको काजु आयात हुँदा मोजाम्बिकेबाट २५ करोड रुपैयाँको काजु आयात भएको थियो ।

यस्तै, भियतनामबाट २६ करोड ८३ लाख रुपैयाँको र नाइजेरियाबाट ११ करोड ६० लाख रुपैयाँको काजु आयात हुँदा चीनबाट १५ लाखको काजु भित्रिएको थियो ।यस्तै, नेपाल-भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत् अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा शुक्रवार सम्पन्न समितिको १४औँ बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत् अन्य राज्यहरुमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत् प्रणाली सदस्य अशोक कुमार राजपुतको सहअध्यक्षमा बैठक बसेको थियो ।

‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका बिन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ, यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने छन्, यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।

बिहारसँग कटैया (बिहार)–कुशवा (नेपाल) र रक्सौल-परवानीपूर १३२ केभी प्रसारण लाइन जोडिएका छन् । गएकाे फागुनको महिलो हप्तामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले कटैया-कुशवा र रक्सौल-परवानीपूर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३भित्र र अप्रिल/मे २०२३मा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो ।

विद्युत् आदान प्रदान समितिको बैठकले विद्युत् आदान प्रदान सम्झौता अन्तर्गत आयात निर्यात हुने विद्युतको प्रति युनिट दर ७ दशमलव २१ भारतीय रुपैयाँ (११ रुपैयाँ ५४ पैसा) तय गरेको छ । आर्थिक वर्ष सन् २०२२/२३को लागि १३२ केभि प्रसारण लाइनमार्फत् हुने विद्युत आदानप्रदान दर तय गरेको हो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।