प्रतिष्ठानको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले गरे आन्दोलन

प्रतिष्ठानको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले गरे आन्दोलन

सन्तोष डाँगी 

३० बैशाख, घोराही। रोल्पा जिल्ला माडी गाउँपालिका ५ भावाङका शेरबहादुर केसी र उनकी श्रीमती २८ वर्षीया मधु केसी दोस्रो सन्तानको पर्खाइमा थिए । श्रीमती मधुको  गर्भमा रहेको बच्चाको स्वास्थ्य जाँच गर्न नियमित रुपमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाने गरेका थिए। अस्पतालले उनीहरूको सन्तान सकुशल रहेको जवाफ दिँदै आएको थियो ।

सुत्केरी हुने दिन आयो। श्रीमान शेरबहादुर केसीले आफ्नी श्रीमतीलाई मोटरसाइकलको पछाडि बसाले र दोस्रो सन्तान जन्माउने आशावादी हृदयका साथ अस्पताल पुगे। मधुलाई बिहीबार बेलुका करिव ९ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरियो। उनले राती करिव साढे १ बजे सामान्य रुपमा छोरीलाई जन्म दिइन् र खुसी हुँदै श्रीमानले बधाई दिए। तर त्यो खुसी भने धेरै बेर टिकेन।  उनले श्रीमतीलाई बधाई दिएको तीन घण्टा बित्न नपाउँदै श्रद्धाञ्जली दिन पर्यो। शुक्रबार बिहान चार बजे चिकित्सकले मधुलाई मृत घोषणा गरिदिए। त्यसपछि शेरबहादुर आकाशबाट खसेको जस्तै भए। 

Europass CV in Nepal

सामान्य रुपमा  सन्तान जन्माएकी (नर्मल डेलिभरी) मधुको अस्पतालको लापरवाहीका कारण ज्यान गुमाउनु परेको श्रीमानको आरोप रहेको छ। उनी भन्छन्, ‘बच्चा जन्मिएपछि सामान्य बेडमा राखिएको थियो, बच्चाले पनि दूध राम्रै चुसिरहेको थियो उनी पनि सामान्य नै थिइन तर त्यसको तीन घण्टा नबित्दै चिकित्सकले मृत घोषणा गरे यो सररार अस्पतालको लापरवाहीका कारण मृत्य भएको हो।’ 

छोरी मधुको मृत्यु नै हुनुपर्ने जस्तो जटिल अवस्था क्यै नभएको आमा पूर्णा बुढाथोकीले बताइन। ‘छोरी सामान्य अवस्थामा थिइन, नर्सहरूले बढी रगत बग्यो भन्दै लगेर गए त्यसपछि भेट्नै दिएनन्, भावाविलाप मुद्रामा रहेकी उनले भनिन् , ‘नर्सहरूले पेटमा साल अडकिएकोछ सफा गर्नुपर्छ भन्दै थिए त्यसैबेला लापरवाही गरेर मेरो छोरीलाई  मारिदिए।’ 

महिलाले सामान्य रुपमा बच्चा जन्माएको भएता पनि उनको मृत्यु बढी रक्तश्रावका कारण भएको स्त्रीरोग विशेषज्ञ डा. बसन्त लामिछानेले बताए। उनी भन्छन्, ‘नर्मल डेलिभरी भएपछि पाठेघर खुम्चिनुपर्छ, पाठेघर नखुम्चिँदा महिलाको बढी रक्तस्राव भएर ज्यान गयो।’ डा. लामिछानेका अनुसार रक्तस्राव प्रभाव कम गर्न विभिन्न उपचार विधिहरू अपनाउँदा अपनाउँदै पनि बिरामीलाई बचाउन नसकेको बताए। 

‘हरेक विधि अपनाउँदा  पनि रक्तश्राव रोकिएन। बिरामीको ज्यान बचाउने अन्तिम विकल्प पाठेघर निकाल्नु थियो हामीले त्यसै गर्यौँ’, डा. लामिछानेले भने, ‘यस प्रकारको अपरेशन अत्यन्तै जटिल हुन्छ।  सुत्केरी भएको तुरुन्तै अपरेशन गरेर पाठेघर निकाल्दा बिरामीको ज्यान जाने सम्भावना ५० प्रतिशत नै रहन्छ।’ उनले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु नभएको बताए। 

यता मृतकका आफन्तहरुले अस्पतालले लापरवाही गरेको भन्दै शुक्रबार दिनभर प्रतिष्ठानमा आन्दोल नगरिरहे । आफ्नो माग पुरा नभएसम्म शव नलिने भन्दै आन्दोलन गरेपछि अस्पताल प्रसासन र परिवारजनबीच वार्ता गर्ने प्रयास गरिएको थियो। तर परिवारजनको माग अनावसेक रहेकाले पुरा गर्न नसक्ने प्रतिष्ठानले अडान लिएको छ। आफन्तले श्रीमान शेरबहादुरलाई प्रतिष्ठानमै जागिर लगाइदिनुपर्ने, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नु जस्ता माग राखेका छन्। 

Europass CV in Nepal