मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

Himali Patrika 1 मिनेट पढाइ

८ जेष्ठ, पेरिस । फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ ।

शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ ।

विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन् । आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएका थिए । दुर्घटनाबारे छानबिन सुरु हुने भएको छ ।

·

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।