मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
लुम्बिनी प्रदेश

रोल्पामा अटोरिक्सा दुर्घटनामा हुँदा चालकको मृत्यु, ३ जना घाइते

Himali Patrika 1 मिनेट पढाइ

१० जेठ, रोल्पा । रोल्पा नगरपालिका वडा नं २ सिमलवाङमा भएको अटोरिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ४ वजे भएको दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका वडा नं २ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
सदरमुकाम लिवाङवाट माडीचौर तर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको सो अटो अनियन्त्रित भई सडकवाट करिव ५० मिटर तल खसेको थियो ।

घाइतेहरु रोल्पा नगरपालिका ७ माडीचौरका ५३ वर्षिय दलवहादुर पुनको वाँया हात र निधारमा चोट लागेको छ । यसैगरी सोही ठाउँ बस्ने वर्ष ५२ का जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ ।

सोही ठाउँ बस्ने वर्ष ४७ का सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

·

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।