रोल्पालीको दुखेसो : सरकारको बजेटले कहिले सम्बोधन गर्ला सहिदमार्गको बिजोग ?

रोल्पालीको दुखेसो : सरकारको बजेटले कहिले सम्बोधन गर्ला सहिदमार्गको बिजोग ?
  • एल. बि. मगर

१३ जेठ, रोल्पा । संघीय सरकारको बजेटले सम्बोधन गर्न नसक्दा लामो समयदेखि जीर्ण बन्दै गइरहेको रोल्पाको सहिद मार्ग (घोराही–होलेरी सडक खण्ड)को अवस्था सुधार हुन नसक्दा रोल्पालीहरुले दुःख र अनेकन् सास्ती खेप्दै आइरहेका छन् ।

केही वर्षअगाडि कालोपत्र भएको घोराही–होलेरी सडकखण्ड सडकको क्षमताभन्दा तीन गुणा बढी चुन ढुङ्गा बोकेर टिप्परहरु हिड्न थालेपछि सडक जिर्ण बन्दै गएको हो। सडकखण्ड यति जिर्ण बन्दै गएको छ कि कालोपत्रे भएको समयमा ४५ मिनेटमा पार हुने घोराही–होलेरी सडक खण्ड पार गर्न २ घन्टा लाग्छ ।


जीर्ण सडक मर्मत तथा स्तरोन्नतिका लागि सरोकारवाला निकायहरुसमक्ष धाउदा धाउदा हरेस खाइसकेको स्थानीय अगुवा समाजसेवी देबेन्द्र बहादुर बोहोराको गुनासो छ । बोहोराले अगाडि भने, ‘रोल्पाले देश हाँक्ने थुप्रै नेताहरु सत्तामा पुर्यायो तर विडम्बना यो वर्षाैदेखि जिर्ण सहिद मार्गको अवस्था सुधार गर्ने नेता पाउन सकेन । रोल्पाले उपराष्ट्रपति पायो, सभामुख पायो, उपप्रधानमन्त्री पायो, मुख्यमन्त्री पायो तर सहिद मार्गको अवस्था र आम रोल्पालीको पिडा बुझ्ने जनप्रतिनिधि पाएन ।’

Europass CV in Nepal


सडक जीर्ण हुँदा दैनिक जीवनमा नराम्ररी असर पारेको छ । दाङदेखि रोल्पा, प्युठान, रुकुमलगायतका जिल्लाहरुमा आवतजावत गर्ने एक सय भन्दा बढी यातायातका साधन र सयौं यात्रुहरुले दुःख सास्ती भोग्दै आइरहेका छन् ।

सहिद मार्गको यो विकराल अवस्थालाई आत्मसात गर्दै रोल्पाबाट चुनिएर सिंहदरबारमा पुगेकाहरुले मनन गर्नुपर्ने बेला आएको त्यहाँका एक स्थानीय बताउछन् । उनका अनुसार खाली चुनावको बेला भोट हालेर सिंहदरबारमात्र पुर्याउने प्रथामा चल्दै आयो तर, विकास सिन्को भाँची भएन ।

Europass CV in Nepal