बांगेमुढामा रहेको सामुदायिक भवन भत्काएपछि बालेनको पुत्ला दहन

बांगेमुढामा रहेको सामुदायिक भवन भत्काएपछि बालेनको पुत्ला दहन

१५ असोज, काठमाडौं । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वा:छे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।

उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए ।

महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् । स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन साय्मी पनि पुगेका थिए । उनले काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाए ।

Europass CV in Nepal

 

सेतोपाटी अनलाइनका अनुसार  काठमाडौँ महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित  भएका थिए। शनिबार नै नेवा: देय् दबूले विज्ञप्ति जारी गर्दै यस घटना निन्दनीय भएको बताएको छ। मंका खल, आदिवासी जनजाती स‌ंघ लगायत नेवा: समुदायसँग आबद्ध स‌ंघ संस्थाहरूले प्रदर्शन गरेका हुन‍्।

प्रदर्शनकारीले यो विरोध जारी नै रहने जनाएका छन्। उनीहरूले रिस्टोर त्वा:छें भनेर अभियान समेत सञ्चालन गरेका छन‍्। विदाको अवधि भर सबैले त्वा:छेंको तस्बिर सामाजिक सञ्जालमा राखेर पुनर्स्थापनाको माग गर्ने प्रदर्शनकारीले बताएका छन्। उनीहरूले शनिबार बांगेमुढा, नरदेवी, क्षेत्रपाटी, थहिति लगायत घुमेर मसाल जुलुस समेत निकालेका हुन्।

यसरी शुक्रबार काठमाडौं महानगरको डोजर पहिलो पटक कोर क्षेत्रमा पर्ने बांगेमुढामा पसेर सामुदायिक भवन भत्काएको एक सहभागी बताउँछन्। यसरी कोर क्षेत्र भित्रै पस्न थालेपछि यसले अरू पनि भत्काउन सक्ने भन्दै विरोध प्रदर्शन गर्नुपरेको प्रदर्शनकारी बताउँछन‍्।

‘सहमतिका लागि तयार हुँदाहुँदै र सो सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा सो भवन भत्काउने कार्य निन्दनीय ठहर्छ,’ दबूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दसैं विदाको एकदिन अगाडि २४ घण्टे अल्टिमेटम दिएर भवन भत्काउन डोजरसहित आएर श्वेत आतंक मचाउनु भर्त्सना योग्य छ।’

दबूले अहिले वार्ता गरी सहमति गर्नु नै आवश्यकता भएको जनाएको छ। यस्तै यस्ता उत्तेजक गतिविधिबाट अप्रत्याशित र अनियन्त्रित प्रतिरोधलाई मलजल तयार गर्न सक्ने कुरामा पनि महानगरलाई सचेत रहन दबूको सुझाव छ।

दबूका अनुसार सयौं वर्ष अघिदेखि समुदायले उपभोग गरी आएको जग्गामा टोल समाजको सामूहिक पहल र लगानीमा झण्डै ५० वर्ष अगाडि सामुदायिक भवन निर्माण भएको थियो।

‘सामुदायिक भवन निर्माण पश्चात सो भवनको रेखदेखका लागि त्वाःछें परिवार गठन भई संरक्षणको काम भइआएको हो। र सो भवनबाट हुने स्थानीय सांस्कृतिक, सामाजिक तथा निर्माण कार्यमा खर्च गरी वार्षिक रुपमा लेखापरिक्षण गराइ सार्वजनिक गर्ने काम भइ आएको हो।’

यसअघि त्यही भवनमा वडा कार्यालय समेत राखिएको दबूले उल्लेख गरेको थियो। यसैगरी बालाजु-बाइपास सडक विस्तार पीडित संघर्ष समितिले पनि उक्त कामको विरोध जनाएको छ। यही ठाउँमा इतिहास कोर्ने कामहरू भएको र महानगरले यसलाई भत्‍‍काएको भन्दै समितिले आपत्ति जनाएको हो। उक्त त्वा:छें सोही ठाउँमा पुनर्निर्माण होस् भन्दै माग समेत गरेको छ। श्रोत : सेतोपाटी

 

Europass CV in Nepal