मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
विज्ञान / प्रविधि

मात्र ४ लाख ७९ हजार भारु पर्ने सस्तो इलेक्ट्रिक कार ईएएस-ई सार्वजनिक

Himali Patrika 1 मिनेट पढाइ

इलेक्ट्रिक सवारी निर्माण गर्ने स्टार्टअप कम्पनी पीएमभीले बुधबार ईएएस-ई नामको सस्तो इलेक्ट्रिक कार सार्वजनिक गरिएको छ।भारतको मुम्बई स्थित स्र्टाटअप कम्पनीले कारको मूल्य ४.७९ लाख भारु तोकेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यो कम्पनीले निर्माण गरेको पहिलो माइक्रोकार हो। यस इलेक्ट्रिक माइक्रोकारलाई पर्सनल मोबिलिटी भेहिकल (पीएमभी)को नयाँ क्याटोगरीमा सर्वाजनिक गरिएको हो।

ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै ईएएस–ई पीएमभी ३ रेञ्ज विकल्पमा उपलब्ध छ। यसमा १२० किलोमिटर, १६० किलोमटिर र २०० किलोमिटर रेञ्ज रहेको छ। ईएएस-ईको उच्च गति ७० किलोमिटर प्रति घण्टा र ५ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको स्पीड लिन सक्छ।

ईएएस-ई माइक्रोकारको तौल करिब ५५० किलोग्राम छ र यसमा एक बच्चा र दुई जनाले यात्रा गर्न सक्छन्। फोरजी सिस्टम कनेक्टेड यस कारमा विभिन्न राईडिङ मोड दिइएको छ। ड्राइभरको सिट अघि रहेको ड्यासबोर्डबाट एक्सेस गर्न सकिन्छ।

इलेक्ट्रिक कारमा ई मोड, रिमोट पार्किङ असिस्ट, क्रूज कन्ट्रोल र कनेक्टेड स्मार्टफोन कल कन्ट्रोललगायत फिचर दिइएको छ। ईएएस–ई अनबोर्ड चार्जरबाट कुनै पनि १५ एम्पीयर आउलेटबाट ३ देखि ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ। कम्पनीले छिट्टै एसयभी, सेडान र ह्याचब्याक भर्सनमा उत्पादन शुरु गर्नेछ। २ हजार भारुमा इलेक्ट्रिक कार बुक गर्न सकिन्छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।