मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
विज्ञान / प्रविधि

ह्वाट्सएपमा मायाको ❤️ चिह्न पठाउँदा यौन दुर्व्यवहार मानिने, जेल र जरिवाना हुने

Himali Patrika 1 मिनेट पढाइ

ह्वाट्सएपमा कसैलाई मायाको चिह्नको रुपमा रहेको ‘रेड हर्ट’ इमोजी पठाएमा जेल सजाय तथा जरिवानासमेत हुन्छ भन्ने कुरा पत्यार नलाग्न सक्दछ । तर मध्यपूर्वी मुलुक साउदी अरबले यस्तो कठोर नियम बनाएको छ ।

साउदी अरबमा ह्वाट्सएपमार्फत् ‘रेड हर्ट’ इमोजी आदानप्रदान गरेमा त्यस्ता ह्वाट्सएप प्रयोगकर्ताले १ लाख साउदी रियालसम्म जरिवाना तिर्नुपर्ने र २ वर्षसम्म जेलमा बस्नुपर्ने साउदी पत्रिका ओकाजले उल्लेख गरेको छ ।

साउदी अरबको ठगी नियन्त्रण संस्थाका सदस्य मोआताज कुटबीका अनुसार ह्वाट्सएपमा मायाको चिह्न पठाउनुलाई यौन दुव्र्यवहार तथा उत्पीडन कसुरको रुपमा लिन सकिनेछ ।

उनका अनुसार सरकारले इमोजीको प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध नलगाएको भए पनि ‘रेड हर्ट’ इमोजी प्राप्त गर्ने कुनै महिला वा पुरुषले उजुरी गरेमा त्यस्तो इमोजी पठाउनेमाथि कारबाही हुनेछ ।

अरुको सहमति वेगर ह्वाट्सएपमा ‘रेड हर्ट’सँगै रातो गुलाब तथा अन्य प्रेम वा यौन संकेत गर्ने इमोजीहरू पनि पठाउनु अपराध ठहर हुनेछ । अटेरी गरेर पटक-पटक ह्वाट्सएपमा यस्ता इमोजी पठाएमा तीन लाख साउदी रियालसम्म जरिवाना र ५ वर्षसम्मको जेल सजायँ हनेछ । एजेन्सी

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।