मुख्य सामग्रीमा जानुहोस्
Sunday, 4 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
विज्ञान / प्रविधि

अब अन्तरिक्षमा बच्चा जन्मिनेछन्, पृथ्वीमा विदा मनाउन जानेछन् : जेफ बेजोस

Himali Patrika 1 मिनेट पढाइ

अमेजनका कार्यकारी अधिकृत तथा अर्बपति जेफ बेजोसले असामान्य भविष्यवाणी गरेका छन्। उनले भविष्यमा अन्तरिक्षमा मानिसहरुको जन्म हुने र ती मानिसहरु पृथ्वीमा आफ्नो बिदा मनाउन जाने उल्लेख गरेका छन्।

उनी अन्तरिक्ष कम्पनी ब्लू ओरिजनका मालिक हुन्। हालै उनी आफ्नो कम्पनीले बनाएको विमानमार्फत् अन्तरिक्षमा पुगेर फर्किएका थिए।आफ्नो कम्पनीको विमानका कारण अन्तरिक्ष पर्यटन फस्टाउने विश्वास रहेको छ। त्यतिमात्र होइन् भविष्यमा अन्तरिक्षमा सहर बस्ने र त्यहाँ मानिसको जन्म हुने बेजोसको तर्क रहेको छ।

बिजनेस इन्साइडरका अनुसार बेजोसले अन्तरिक्षमा बस्ने बस्ती तैरिएर रहेका घरहरुजस्तै हुने जनाएका छन्। उनका अनुसार यसरी बनाइएका घरमा १० लाख मानिस बस्न सक्ने र त्यहाँ नदी, जंगल र अन्य वन्यजन्तु पनि हुनेछन्। बेजोसले अर्को ग्रहमा बस्ती बसाउनुभन्दा अन्तरिक्षमा बस्ती बनाउनु राम्रो हुने दाबी गरेका छन्।

अन्तरिक्ष यात्रीको परिभाषा परिवर्तन : ‘जेफ बेजोस र रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्री होइन’

अमेरिकाको संघीय उड्डयन प्रशासन(एफएए)ले अन्तरिक्ष यात्रीको परिभाषा परिवर्तन गरेको छ । नयाँ कानूनले अन्तरिक्ष यात्री हुने आकांक्षा बोक्ने उडान टोलिको हुनुपर्ने र अन्तरिक्ष यात्रा सुरक्षामा योगदान दिएको हुनुपर्ने परिभाषित गरेको छ । जस बमोजिम अमेरिकाको नजरमा जेफ बेजोस र सर रिचर्ड ब्रान्सन अन्तरिक्ष यात्रीको परिचय पाउनुहुने छैन् ।

सन् २००४ मा पहिलो पटक एफएएको कार्यक्रम सुरु भए यता कानूनमा बदलाब ल्याइएको यो पहिलो अबसर हो । ब्यवसायिक अन्तरिक्ष कार्यक्रमको अद्यावधिक कानून मंगलबार मात्रै सार्बजनिक गरिएको छ ।

ब्यवसायिक अन्तरिक्ष यात्रीले कम्तिमा पृथ्वीको सतहमाथि कम्तिमा ८० किलोमिटर यात्रा गरेको हुनुपर्छ । जुन दूरी बेजोस र ब्रान्सन दुबैजनाले तय गर्नुभएको छ । तर उचाई अतिरिक्त सर्वसाधारणको सुरक्षा प्रत्याभूत गर्ने गतिबिधि यात्रीले देखाउनुपर्ने महत्वपूर्ण रहेको एफएएले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

यसप्रकारको यात्रामा अन्तरिक्ष यात्रीको रुपमा परिभाषित हुन एफएएसँग अनुमति लिएको समेत हुनुपर्छ । अमेरिकामा नासा र अमेरिकी सेनासँग अनुमति समेत लिन सकिने बताइएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।