नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा

नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा

काठमाडौं । नेपालमा सबैभन्दा बढी सब्सक्राइबर रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा पुगेको छ । ह्याकरले च्यानललाई नियन्त्रणमा लिएर ‘टेस्लाको लाइभ गरेका छन् । टेस्ला सबैभन्दा धनी एलन मस्कको कम्पनी हो ।

उक्त च्यानलमा ६९ लाखभन्दा बढी सब्सक्राइबर छन् । म्युजिक नेपालले च्यानल ह्याक भएको जानकारी दिंदै नियन्त्रणमा आइसकेको जनाएको छ । तर नाम भने परिवर्तन भएको छैन । यो च्यानल नेपालमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल समेत हो ।

ह्याक भए पनि च्यानलमा रहेका भिडियो भने गायब छैनन् । यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल खत्री, भिटेन लगायतका च्यानल ह्याक भएका थिए । अघिल्लोपटक ह्याक भएका च्यानलबाट क्रिप्टोकरेन्सीको लाइभ हुने गरेका थिए । यसपटक चाहिं नाम परिवर्तन गरेर टेस्ला लाइभ मात्र लेखिएको छ ।

Europass CV in Nepal

Europass CV in Nepal