मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
विज्ञान / प्रविधि

चीनको लकडाउनले आइफोन १४ को लञ्चमा ढिलाइ

Himali Patrika 1 मिनेट पढाइ

एप्पलले आफ्नो नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आइफोनको नयाँ संस्करण आइफोन १४ लञ्च गर्ने तयारी गरिरहेको एप्पलका लागि चीनको लकडाउन भने टाउको दुखाइ बनिरहेको छ ।

एक रिपोर्ट अनुसार चीनका विभिन्न सहरमा भएको कोरोना महामारीको लकडाउनका कारण आइफोन १४ र आइफोन १४ प्रो का लागि आवश्यक प्यानलको अभाव भएको छ ।

स्मार्टफोन प्यानलको अभावका कारण आइफोन १४ सिरिजको उत्पादनमा समस्या पर्नसक्ने बताइएको छ । यसले आइफोन १४ सिरिजको लञ्चिङमा ढिलाइ हुने सम्भावना बढेको छ ।

समाचार अनुसार एप्पलले आगामी सेप्टेम्बरमा आइफोन १४, आइफोन १४ प्रो, आइफोन १४ म्याक्स र आइफोन १४ प्रो म्याक्स लञ्च गर्ने योजना बनाएको छ ।

जुलाई उल्लेखित आइफोनहरूको उत्पादन सुरु हुने बताइएको छ । तर, त्यसअघि नै चीनमा कोरोनाका कारण विभिन्न सहरका लकडाउन भयो, जसको असर नयाँ आइफोनको उत्पादनमा पनि परिरहेको छ ।

आइफोन १४ प्रो मोडलमा ए१६ बायोनिक चिप रहनेछ । त्यस्तै आइफोन १४ र आइफोन १४ म्याक्समा भने ए१५ बायोनिक चिप हुनेछ । यी दुवै प्रोसेसर निकै फास्ट चल्दछन् । ए१५ बायोनिक चिप हाल आइफोन १३ मा प्रयोग भैरहेको छ ।

एप्पलले आइफोन १४ सिरिजबाट डिस्प्लेको नचपनि हटाउने सम्भावना रहेको बताइएको छ । एप्पलले आइफोन १४ मिनीको उत्पादन गर्नेछैन र त्यसको साटो आइफोन १४ म्याक्स बजारमा ल्याउनेछ । एजेन्सी

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।