आइफोन १२ नि:शुल्क मर्मत गरिदिने एप्पलको घोषणा

आइफोन १२ नि:शुल्क मर्मत गरिदिने एप्पलको घोषणा

एप्पलले आइफोन १२ सिरिजका लागि नि:शुल्क सर्भिसिङ कार्यक्रमको घोषणा गरेको छ । यो नि:शुल्क मर्मत कार्यक्रम आइफोन १२ तथा आइफोन १२ प्रो मा उपलब्ध हुनेछ ।

आइफोन १२ सिरिजका प्रयोगकर्ताले आफ्नो आइफोनमा आवाजमा समस्या आइरहेको तथा फोनमा कुरा गर्दा आवाज नसुनिने लगायतका गुनासो गरेका छन् । प्रयोगकर्ताको गुनासोसँगै एप्पलले यो नि:शुल्क मर्मत कार्यक्रको घोषणा गरेको हो । अब आइफोन १२ तथा १२ प्रो का ग्राहकले नि:शुल्क रुपमा आफ्नो आइफोनको मर्मत गराउन पाउनेछन् ।

वास्तवमा आइफोन १२ तथा आइफोन १२ प्रोका कतिपय प्रयोगकर्ताले केही समयदेखि आइफोनको स्पिकरमा समस्या भोगिरहेका थिए । यद्यपि यो समस्या आइफोन १२ सिरिजका आइफोन १२ मिनी र आइफोन १२ प्रो म्याक्समा भने देखिएको छैन ।

Europass CV in Nepal

खासगरी सन् २०२० को अक्टोबरदेखि सन् २०२१ को अप्रिलसम्ममा उत्पादन भएको आइफोन १२ तथा १२ प्रो मा यो समस्या देखिएको छ । रिसिभर मोड्यूलको कुनै भागमा समस्या आएर यस्तो भएको हुन सक्ने एप्पलले जनाएको छ ।

आइफोन १२ तथा आइफोन १२ प्रोको स्पिकरमा समस्या झेलिरहेका प्रयोगकर्ताले अब एप्पलको कुनै पनि आधिकारिक स्टोरमा गएर आफ्नो फोन नि:शुल्क रुपमा मर्मत गराउन सक्नेछन् ।

एप्पलले केही दिनअघि नै पहिलोपटक सेल्फ रिपेयर प्रोग्राम सुरुआत गरेको थियो । यो कार्यक्रम अन्तरगत प्रयोगकर्ताले एप्पलका ओरिजिनल पाटपुर्जा खरीद गर्न सक्ने र आफ्नो आइफोन वा म्याकबुक आफै मर्मत गर्न सक्नेछन् ।

आम प्रयोगकर्तालाई बजारमा एप्पल डिभाइसका सक्कली पाटपुर्जा उपलब्ध गराएको यो पहिलो पटक हो । योसँगै ग्राहकले बजारबाट स्पेयर पार्टस् खरीद गरी म्यानुअलको सहयोगमा फोन वा ल्यापटप मर्मत गर्न सक्नेछन् ।एप्पलका अनुसार आइफोन १२ तथा १३ का डिस्प्ले, ब्याट्री तथा क्यामरा मर्मत गर्ने २०० थरी पार्टस् तथा टूल्ससँगै एप्पलले पाटपुर्जा बिक्री सुरु गर्नेछ । एजेन्सी

 

Europass CV in Nepal