मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
विज्ञान / प्रविधि

ह्वाटसपमा आफूले आफैँलाई म्यासेज गर्न सकिने

Himali Patrika 1 मिनेट पढाइ

सामाजिक सञ्जाल ह्वाटसपले आफूले आफैँलाई म्यासेज गर्न पाउने गरी नयाँ सेटिङ थप्ने भएको छ । यो सेवा विस्तारका लागि अहिले परीक्षण भइरहेको छ । ‘म्यासेज यूअर सेल्फ’ नामको फिचर थप्न लागेको ह्वाटसेपले अहिले परीक्षण भइरहेको जनाएको छ ।

अहिले यो फिचर एन्ड्रोएड बीटा प्रयोगकर्तासँग प्रयोग भइरहेको छ । यो सफल भएपछि चाँडै एन्ड्रोएड र आईओएसका नर्मल प्रयोगकर्तामा लागू हुनेछ । दिने रिपोर्ट अनुसार कसरी प्रयोग गर्ने भन्ने जानकारी सहित यो फिचर तयार पारिने कम्पनीले जनाएको छ । यो फिचर आफूले आफैँलाई इमेल गरेजस्तै हुने बताइएको छ ।

ह्वाटसपले दिन लागेको यो सेवा पहिले पनि थियो । तर प्रयोगको तरिका झण्झटिलो भएकाले प्रयोगकर्ताले रुचाएका थिएनन् । अब त्यसैलाई व्यवस्थित र सहज बनाउने गरी तयारी भइरहेको छ । योसँगै ह्वाटसपले ग्रुप च्याटमा प्रोफाइल फोटो देखिने फिचर्स पनि थप्ने जनाएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।