एलन मस्कको ट्विटर पक्षी स्वतन्त्र भयो तर मस्क आफै पिंजडामा फसे

एलन मस्कको ट्विटर पक्षी स्वतन्त्र भयो तर मस्क आफै पिंजडामा फसे

ट्विटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ।नोभेम्बर १ मा घोषणा गरिएको यस्तो व्यवस्थामा अमेरिकी मध्यावधि चुनावपछि नोभेम्बर ८ बाट अमेरिका, क्यानडा, न्यूजील्याण्ड र अष्ट्रेलियामा सुरू भएको थियो।

तर यी देशहरूबाट कैयन् फर्जी ट्विटर अकाउन्टले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्विट गर्न थालेपछि ट्विटरले शुक्रबारबाटै ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो।

मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे। तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हरेक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्न सक्ने बनाएका थिए।

Europass CV in Nepal

पैसा तिरेर ट्विटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरूपयोग गर्दै येशु क्राइस्टदेखि अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुससम्मका नक्कली खाताबाट ट्विट गर्न थालियो।

अमेरिकामा एक जना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्विट गरे।

यो ट्विटसँगै कम्पनीको सेयर खस्किँदा कम्पनीलाई १ लाख २० हजार करोड घाटा भएको थियो। त्यसपछि कम्पनीले आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्विट गरेको भन्दै सार्वजनिक रूपमा माफी माग्नुपर्‍यो।

एउटा कम्पनीको नक्कली ब्लु टिक अकाउन्टसम्म यो कुरा रोकिएन, लडाकु विमान निर्माता लकहिड मार्टिनले पनि नक्कली ब्लु टिक अकाउन्टबाट अमेरिका, इजरायल र साउदी अरेबियालाई हतियार नदिने ट्विट गरेको छ। यो ट्विटका कारण अमेरिकी शेयर बजारमा लकहिड मार्टिनको शेयर पनि ओरालो लागेको छ।

यस्तै एलोन मस्ककै कम्पनी टेस्ला पनि ८ डलर नक्कली ब्लु टिक खाताको सिकार बनेको छ।

टेस्लाको नक्कली ब्लू टिक खाताबाट ट्विट गर्दै टेस्लाले युक्रेनी सेनालाई अत्याधुनिक हतियार र विष्फोटक पदार्थले भरिएका १० हजार गाडी दिने लेखेको थियो।

ट्विटरले ठूला हस्ती तथा ब्लु टिकवाला ट्विटर अकाउन्टको नामको तल पट्टी अफिसियल लेखिने बताएको थियो । तर, उक्त अफिसियल नामक नयाँ फिचर पनि ट्विटरले केही घण्टामै बन्द गरेको छ।

यसरी सुरू भएको ७२ घन्टामै नक्कली ब्लु टिक अकाउन्टले ट्विटरमा हंगामा मच्चाएपछि ट्वीटरले अन्ततः ८ डलरको ब्लु टिक प्लान बन्द गरेको छ। यद्यपि एलोन मस्कले यस ८ डलरको ब्लु टिक प्लानलाई समर्थन गर्दै नक्कली अकाउन्टलाई रोक्ने बताएका छन्।

मस्कले मूलधारका मिडिया तथा मिडिया अभिजात वर्गको आलोचना गर्दै नागरिक पत्रकारिताबाट बढ्दो प्रतिस्पर्धाले मूलधारका मिडियाको सूचनाहरुलाई अवरोध गर्ने बताएका हुन्।

शुक्रबार एक ट्वीट गर्दै उनले नागरिक पत्रकारितालाई माथि उठाउने ट्वीटरको लक्ष्यका विषयमा उल्लेख गरेका छन् । नागरिक पत्रकारिलाई माथि उठाउने लक्ष्यलार्य ट्वीटरले पछ्याइरहेको तर मिडिया अभिजात वर्गले यसो गर्नबाट रोक्नका लागि सबैचिज गर्ने कोसिस गर्ने उनको दाबी छ । अर्को ट्वीटमा उनले मूलधारका मिडिया अझै पनि फल्ने फुल्ने तर नागरिकसँगको बढ्दो प्रतिस्पर्धाले उनीहरूलाई सीमित पार्ने उल्लेख गरेका छन् ।

ट्वीटर सम्झौताको अन्त्य गर्दा पनि इलोन मस्कले ट्विटरमा फेक अकाउन्टको समस्यालाई ठूलो समस्याको रूपमा व्याख्या गरेका थिए। सेलिब्रेटी र कम्पनीहरूको वास्तविक र नक्कली खाताहरू छुट्याउन सन् २००९ बाट ट्विटरले ब्लु टिक सुरू गरेको थियो।

 

Europass CV in Nepal