चलचित्र ‘नालापानी’ हलबाटै गायब

चलचित्र ‘नालापानी’ हलबाटै गायब

करोडौं  रुपैयाँको लागतमा निर्माण गरिएको चलचित्र  नालापानी नेपाली फिल्म हलबाट लगभग गायव जस्तै भएको छ। रिमेश अधिकारीले लामो समय लगाएर निर्माण गरेको चलचित्रले नेपाली दर्शकको मनबाट बहिरगमन भएको छ।

नालापानी नेपाली इतिहास बोकेको कथामा आधारित यस्ता ऐतिहासिक कथामा फिल्म बनाउने हिम्मत मेकरको छैन भन्दा पनि हुन्छ । तर, बागबजारको हार्दिक होटलमा केही बर्ष अगाडि घोषणा भएको यो फिल्म बनाउन रिमेशलाई लामै समय लाग्यो ।

तर, रिमेशले बर्षौ समय लगाएर बनाएको फिल्म हलबाट उत्रन भने एक साता पनि लागेन । यो फिल्मले ‘नालापानी’को युद्धमा बलभद्र कुँवरको टिमले कसरी अंग्रेजहरुसँग युद्ध लडेको थियो भन्ने कथा भन्छ ।

तर, यो फिल्मलाई दर्शकले खासै रुची देखाएनन् । एक सातामै यो फिल्म हलबाट उत्रियो । फिल्मको व्यापार पनि निक्कै कमजोर छ । यो फिल्मसँग चलेको ‘के घर के डेरा’ नामक फिल्मले दर्शक हलमा बटुलिरहँदा यो फिल्ममा भने दर्शक आएनन् ।

आखिर, एउटा ऐतिहासिक कथामा बनेको फिल्ममा दर्शकको रुची नहुनुको कारण के होला ? नेपालमा कृतीमाथि बनेका फिल्महरुलाई पनि दर्शकले खासै रुचाएको पाइदैन ।

रिमेशले फिल्मको प्रचार गर्नै सकेनन् । फिल्मको बारेमा दर्शकलाई भन्नै सकेनन् । उनको फितलो प्रचार बरु विकास बोर्ड अध्यक्ष र ‘के घर के डेरा’का निर्देशकमाथि बढी पोखियो । फिल्मको समीक्षा पनि सुखद आएन । विशेषगरि, फिल्मको मेकिङमा मेकरले हिम्मत गरेपनि अपेक्षित रुपमा फिल्म बन्न सकेको छैन ।

एउटा ऐतिहासिक कथामा फिल्म बनेको छ भन्दैमा दर्शकले हेर्दैनन् । दर्शकलाई फिल्मको प्रचार सामाग्री मन पर्नुपर्छ । तर, यो फिल्मको प्रचार सामाग्रीमा
दर्शकको आँखा गएन । जसकाकारण, फिल्म एक साता पनि हलमा टिक्न सकेन ।