अक्षय कुमारको राम सेतु नेपालमा चल्नबाट रोकियो

अक्षय कुमारको राम सेतु नेपालमा चल्नबाट रोकियो

भारतमा असफल भएको नायक अक्षय कुमार अभिनित फिल्म ‘राम सेतु’लाई नेपाल वितरकले आजबाट रिलिज गर्न लागेका थिए । भारतमा रिलिज भएको १० दिनपछि यो फिल्म नेपालमा रिलिज हुन लागेको थियो ।

तर, समयमै कागजपत्र पेश गर्न नसक्दा यो फिल्मको सेन्सरका लागि चलचित्र विकास बोर्डले अनुमति दिन सकेन । चलचित्र विकास बोर्डले कार्तिक १ गतेबाट लगाएको नयाँ नियम अनुसार कुनै पनि फिल्मले सेन्सर अनुमति प्राप्त गर्नका लागि एक साता अगाडि नै कागजपत्र पेश गर्नुपर्ने हुन्छ ।

तर, वितरक डीसीएनले एक साता अगाडि नै कागजपत्र पेश गर्न नसक्दा फिल्मको रिलिज रोकिएको हो । आजबाट बलिउड फिल्म ‘फोनभूत’ मात्र नेपालमा रिलिज भएको छ । अक्षय कुमार र ज्याकलिन फर्नान्डेज अभिनित यो फिल्म भारतीय बक्स अफिसमा नराम्रोसँग पिटिएको छ । तिहारमा रिलिज भएर पनि फिल्मले दर्शकको साथ पाउन सकेन ।