अबको युग भर्टिकल फार्मिङको : यसरी फलाउन सकिन्छ सहरकै सानो कोठामा तरकारी

अबको युग भर्टिकल फार्मिङको : यसरी फलाउन सकिन्छ सहरकै सानो कोठामा तरकारी

देशभर उत्पादनशील जमिन ठूलो मात्रामा बाँझो भइरहेको बेला विशेषतः सहरी क्षेत्रमा सुद्ध तरिकारीको अभाव श्रीजना हुन थालेको छ।  विश्वव्यापी महामारीका कारण सिर्जना भएको अहिलेको वातावरणमा सहरी क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि घरमा कौसी खेती समय कटाउने र खाँचो टार्ने उत्तम विकल्प हुन सक्छ ।

समय बिताउन पनि हुने र कौसीमा फलेका तरकारीले छाक पनि टर्ने भएकाले कौसी खेतीतर्फ आकर्षण बढेको धेरैको बढेको छ। धेरैले कौसीमा फर्सी, करेला, काँक्रो, रायोको साग, सिमी, घिउ सिमी, टाटे सिमी, तने बोडी, स्विस साग, तेल साग लगायतका तरकारी लगाउने गरेको पाइएको छ । कतिपय फल्न थालेका छन् भने साग जातका तरकारी खान तयार भएका छन् ।

विदेशमा भर्टिकल फार्मिङले परिचित यस पद्धतिबाट उत्पादन गरेका तरिकर सुद्ध तथा जैविक हुने गर्दछन जस कारण मानव स्वास्थ्यका लागि अत्यन्तै राम्रो हुने गर्दछ। नेपालका कतिपय ठाउँहरुमा यस प्रकारको खेतिबाट लाखौं आम्दानी गरिरहेका पनि छन्। भर्टिकल फार्मिङलाई नयाँ युगको खेति पद्धति पनि भानिन्छ।

Europass CV in Nepal

विशेष गरी कौसी खेतीको सम्भावना सहरी क्षेत्रमा हुने गर्छ । कौसी खेतीबाट शारीरिक व्यायामका साथै सामाजिक सन्जाल र टेलिभिजनमा व्यस्त रहने समयको पनि सदुपयोग हुन्छ । कौसी खेतीबाट दैनिक भान्साको समस्या समाधान हुनुका साथै तरकारी किन्न भौंतारिनुपर्ने अवस्था नहुने र तरकारीलाई तिर्नुपर्ने दोब्बर–तेब्बरजस्तो चर्को मूल्य तिर्नुपर्ने मारबाट पनि मुक्त हुन सकिन्छ । यसका साथै विषादीजन्य तरकारीको सेवनबाट समेत छुट्कारा पाउन सकिन्छ । कोरोना महामारीको यस्तो सङ्कटको समयको उपयोग गरी आ–आफ्नो कौसी तथा करेसाबारीमा कौसी खेती गरी आम्दानी लिन सकिन्छ ।

हाम्रो देशको विभिन्न घना सहरी क्षेत्रमा कौसी खेती एउटा भरपर्दो विकल्प हो । आफ्नो घरको कौसी, बरन्डा, छत, भित्ता, भुइँको खाली ठाउँजस्ता स्थलमा आफूलाई दैनिक रूपमा आवश्यक पर्ने बालीनाली जस्तै— तरकारी, फलफूल, मसला आदि सजिलै खेती गर्न सकिन्छ । कौसी खेती गर्दा खेर गइरहेको ठाउँ, श्रम, समय, पानी, प्राङ्गारिक पदार्थ, भाँडाकुँडा र अन्य वस्तुको सदुपयोग गरी स्वच्छ, स्वस्थ दैनिक रूपमा आवश्यक पर्ने तरकारी, फलफूल र मसलाजन्य उत्पादन नियमित भइरहन्छ ।

सागसब्जी, कोसेबाली, लहरेबाली, जरेबाली जस्तै; पालुङ्गो, चम्सुर, धनियाँ, मेथी, सुप, गाँजर, मुला, सिमी, बोडी, काउली, ब्रोकाउली, बन्दा, सलगम, आलु, गाँजर, घिरौँला, काँक्रो, फर्सी, लसुन, प्याजजस्ता तरकारीहरू वर्षैभरि लगाउन सकिन्छ । त्यस्तै फलफूलमा कागती, सुन्तला, नासपाती, हलुवावेद, मेवा, अम्बा, अनार आदि लगाउन सकिन्छ । लामो समयसम्म उत्पादन दिइरहने तरकारी बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ । कौसीबारीमा मिश्रित खेती अपनाउँदा परिवारलाई दैनिक उपयोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुका साथै विषादीरहित ताजा सन्तुलित खाद्य सामग्री पनि प्राप्त गर्न सकिन्छ ।

कौसी खेतीले हरियाली ल्याउनुका साथै सहरी वातावरणमा स्वच्छता ल्याउन सहयोग गर्छ । यसका साथै घरको शोभा बढाउन समेत सजिलो हुन्छ । त्यस्तै सहरी वातावरणमा हुर्केका केटाकेटीले पनि फुर्सदको समय सदुपयोग गरी सानैदेखि कृषिसम्बन्धी ज्ञान प्राप्त गर्न सक्छन् । कौसी खेतीबाट उत्पादित ताजा तरकारीले दैनिक आहार सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

दैनिक खानामा चाहिने पौष्टिक तत्त्वहरु जस्तै; कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, खनिज पदार्थ, पानी तथा रेसाहरूको आवश्यकता पर्छ । मानिसको शरीरलाई आवश्यक पर्ने प्रायः यी सबै तत्व प्रशस्त मात्रामा तरकारीमा पाइन्छ । तरकारीमा पाइने प्रशस्त रेसाहरूले पाचन क्रियामा मद्दत गर्छ । त्यसैले मानव स्वास्थ्यका लागि कौसी खेती महत्वपूर्ण छ ।

Europass CV in Nepal